चितवन / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि निर्वाचन आज बुधबार बेलुकी ८ः३० बजेदेखि हुने भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारहरूको दाबी–विरोध दर्ता गर्ने समय बेलुकी ५ः३० बजेसम्म तोकिएको छ। यस्तै, उम्मेदवारले नाम फिर्ता लिन चाहेमा बेलुकी ६ बजेसम्मको समय दिइएको निर्वाचन समितिले जनाएको छ।
निर्धारित समयअनुसार मतदान प्रक्रिया बेलुकी ८ः३० बजेबाट सुरु हुनेछ। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतपरिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
केन्द्रीय सदस्य पदको निर्वाचन परिणाम घोषणा भएपछि महाधिवेशनको दोस्रो चरणअन्तर्गत पदाधिकारी पदहरूको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस