२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

‘आमा म त फर्केर आएँ...’ - खरानीबाट उठेको भाटभटेनी, मिनबहादुरको मौन सन्देश : अब यस्तो कहिल्यै नहोस्

बुधवार , आषाढ १०, २०८३

‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ...
कसरी देख्न सक्छु, तिम्रो मुटु बलेको,
भाइ–भाइबीच तरबार चलेको...’

नेपाल प्रहरीका हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्की को रचनामा रहेको यो गीत सार्वजनिक हुँदा धेरैले त्यसलाई आन्दोलनपछिको पीडा र पुनःउत्थानको प्रतीकका रूपमा सुने। गीतका शब्दले भदौ २३ र २४ को जेनजी आन्दोलनमा देखिएको हिंसा, विखण्डन र त्यसपछि उठ्ने संघर्षको कथा बोल्थे ।

ठ्याक्कै त्यही भावसँग मेल खाने अर्को दृश्य बुधबार काठमाडौंको बौद्ध–चुच्चेपाटीमा देखियो— खरानीबाट फेरि उठेको भाटभोटेनी ।

आन्दोलनको आगोले जलेको भवन फेरि खुलेको थियो, तर यसपटक उद्घाटन कुनै व्यापारिक कार्यक्रमजस्तो थिएन, त्यो एउटा सन्देश थियो— हार नमानेको निजी क्षेत्रको कथा ।

00000

जब आन्दोलनको निशानामा पर्‍यो भाटभोटेनी

भदौ २४ को आन्दोलनले केवल सरकारी संरचना मात्रै छोएन,संसद, अदालत र सिंहदरबारसँगै निजी क्षेत्र पनि आक्रोशको केन्द्र बन्यो ।
त्यस दिन देशभरका भाटभोटेनी सुपरमार्केटका २१ शाखामा क्षति पुगेको थियो,त्यसमध्ये १२ शाखा पूर्ण रूपमा जलेर नष्ट भए । कतै सामान लुटियो,कतै आगजनी भयो। कतै संरचना ध्वस्त बनाइयो ।

तर सबैभन्दा पीडादायी दृश्यमध्ये एक थियो— बौद्ध–चुच्चेपाटी शाखा ।

यहाँ पहिला लुटपाट भयो, त्यसपछि आगजनी,आगो निभेपछि जलेका ६ वटा शवका अवशेष भेटिए, ती कसका थिए भन्ने पहिचान अझै हुन सकेको छैन । आगोलाई नियन्त्रण गरेपछि पनि एक सातासम्म धुवाँ निस्किरहेको भवन अहिले फेरि खुलेको छ ।

‘हे भगवान, अब उप्रान्त मेरो देशमा यस्तो कहिल्यै नहोस्’

बुधबार पुनः सञ्चालनमा आएको शाखाको सबैभन्दा भावुक दृश्य भवनको बाहिर थियो ।

फ्रन्ट साइडमै जल्दै गरेको भाटभोटेनीको तस्वीर राखिएको थियो, त्यसकै तल आकाशतिर हेरेर प्रार्थना गरिरहेको अध्यक्ष मिनबहादुर गुरुङ को तस्वीर ।

र त्यो तस्वीरसँग एउटा वाक्य—
‘हे भगवान, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । ’

WhatsApp Image 2026-06-24 at 4.50.57 PM (2).jpeg

यो केवल एउटा पोस्टर थिएन। त्यो आगो देखेका, क्षति बेहोरेका र फेरि उठेका व्यवसायीको मौन अभिव्यक्ति पनि थियो ।
बुधबार फेरी भाटभोटेनीको बौद्ध,चुच्चेपाटी शाखामा धुवाँ देखियो

धुवाँ फेरियो— आगोको होइन, अगरबत्तीको

जुन भवनबाट केही महिनाअघि कालो धुवाँ उठिरहेको थियो, बुधबार त्यही भवनमा अर्को धुवाँ थियो,तर त्यो विनाशको धुवाँ होइन,यो पुनःनिर्माणपछि गरिएको पूजा–आराधनाको अगरबत्तीको धुवाँ थियो।

मिनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले शाखा सञ्चालनअघि पूजा गरे, त्यो दृश्यमा एउटा फरक ऊर्जा थियो— कर्मचारीका अनुहारमा चमक, ग्राहकमा उत्साह र व्यवसाय फेरि चल्ने विश्वास ।

चाबहिलकी एक ग्राहक आशा तामाङले भनिन्–‘पहिलाभन्दा राम्रो भएछ, अब कहिल्यै यस्तो नहोस् ।’

१० महिनामा खरानीबाट पुनर्जन्म

धेरैले सोचेका थिए— यति ठूलो क्षतिपछि भाटभोटेनी फेरि उभिन सक्दैन, तर त्यसो भएन।

नक्सालको वेयरहाउसबाट सुरु भएको पुनः सञ्चालनको यात्रा कोटेश्वर, चितवन, पोखरा हुँदै छैटौँ शाखाका रूपमा बौद्ध–चुच्चेपाटीसम्म पुगेको छ ।
भाटभोटेनीका प्रमुख कार्यकारी पानु पौडेलका अनुसार उद्घाटनको पहिलो दिन नै अपेक्षाभन्दा धेरै ग्राहक आएका थिए।

WhatsApp Image 2026-06-24 at 4.51.01 PM.jpeg

१० अर्बभन्दा बढी क्षति, तर यात्रा रोकिएन

जेनजी आन्दोलनमा भाटभोटेनीले १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढी क्षति बेहोरेको दाबी गरिएको छ । करिब ४ अर्ब रुपैयाँ बराबरको भौतिक संरचना क्षति, ५ अर्ब रुपैयाँ बराबरको सामान जलेर नष्ट, ४९ करोड बराबरको सामग्री लुटपाट भयो । 

कम्पनीका अनुसार भाटभोटेनीले वार्षिक रूपमा २ अर्बभन्दा बढी राजस्व सरकारलाई तिर्दै आएको छ ।
अब असारभित्र विराटनगर शाखा सञ्चालन गर्ने र सम्भव भएसम्म दशैँसम्म सबै प्रभावित शाखा पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।

एक प्रश्न, एक सन्देश

भदौ २४ को आगजनीपछि देशकै महत्वपूर्ण सरकारी संरचनामध्ये सबै संरचनाहरु  अझै पुनःनिर्माणको पर्खाइमा छन्, तर निजी क्षेत्रबाट सञ्चालित एउटा डिपार्टमेन्ट स्टोर भने १० महिनामै खरानीबाट उठेर फेरि सञ्चालनमा आएको छ । सायद यही कारण यो केवल एउटा व्यापारिक पुनःसञ्चालनको कथा होइन, यो कथा हो—
जल्न सक्छ भवन, तर यदि हिम्मत बाँकी छ भने फेरि उठ्न सकिन्छ ।

WhatsApp Image 2026-06-24 at 4.50.58 PM (1).jpeg

WhatsApp Image 2026-06-24 at 4.50.58 PM.jpeg

WhatsApp Image 2026-06-24 at 4.50.59 PM.jpeg

WhatsApp Image 2026-06-24 at 4.50.58 PM (2).jpeg

WhatsApp Image 2026-06-24 at 4.51.00 PM.jpeg

WhatsApp Image 2026-06-24 at 4.50.59 PM (1).jpeg

WhatsApp Image 2026-06-24 at 4.51.00 PM (1).jpeg

WhatsApp Image 2026-06-24 at 4.51.00 PM (2).jpeg

WhatsApp Image 2026-06-24 at 4.51.01 PM.jpeg

 

WhatsApp Image 2026-06-24 at 4.51.00 PM (2).jpegWhatsApp Image 2026-06-24 at 4.51.01 PM (2).jpeg

तस्विरहरु मन्जिल बोगटी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट