२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

लघुवित्तमा बेथिति नै बेथिति : सञ्चालकदेखि सीईओमाथि राष्ट्र बै‌कले चलायाे डण्डा (विवरणसहित)

सोमवार , आषाढ १५, २०८३

काठमाडौँ । पछिल्लाे समय लघुवित्त क्षेत्रमा बेथिति बढ्दै गएकाे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो कारबाहीले लघुवित्त क्षेत्रमा वित्तीय अनुशासन र संस्थागत सुशासनको अवस्था गम्भीर रूपमा कमजोर रहेको संकेत गरेको हाे।

न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसक्ने संस्था, आर्थिक अधिकार मिचेर खर्च गर्ने सञ्चालक समिति, कर्मचारी व्यवस्थापनमा नियमविपरीत निर्णय गर्ने बोर्ड तथा कर्जा नोक्सानी व्यवस्थाको रकमसमेत गलत रूपमा आम्दानी देखाउने कार्य लघुवित्तमा बढेकाे राष्ट्र बै‌ककाे एक प्रतिवेदनले देखाएकाे छ । जसअनुसार  त्यस्ताे कार्य गर्ने लघुवित्तदेखि  सीईओसम्म कारबाहीमा परेका छन्। 

 राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा इजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थाहरू, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) माथि डण्डा चलाएकाे छ ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार उनीहरुले वित्तीय अनुशासन उल्लंघन गर्ने, संस्थागत सुशासन कायम नगर्ने र तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम  गरेका थिएनन् ।

केन्द्रीय बैंकको नियामकीय मापदण्ड अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम नगरेका कारण ५ वटा लघुवित्त संस्थाहरू 'बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४' को विनियम ३ (क) बमोजिम कारवाहीमा परेका छन् । जसअनुसार  आरम्भ चौतारी लघुवित्त (बनेपा) परेकाे छ ।  २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ७.७७% मात्र कायम गरेपछि माघ ७ मा कारवाही गरिएको हो । तनहुँमा रहेकाे गणपति लघुवित्त  ०८२ असोज मसान्तमा पुँजीकोष अनुपात ६.०६% मात्र कायम रहेकाले माघ १५ मा कारवाही गरिएको छ।

सामुदायिक लघुवित्त (बनेपा) पनि कारबाहीमा परेकाे छ । २०८२ असार मसान्तमा पुँजीकोष अनुपात  ६.१२% मात्र भएपछि सामुदायिक लघुवित्त माघ १८ मा कारवाहीमा परेकाे हाे ।  नेरुडे मिर्मिरे लघुवित्त (बनेपा) पनि २०८२ असार मसान्तमा पुँजीकोष अनुपात  ६.०१ % मात्र कायम गरेपछि  फागुन ५ मा कारवाही गरिएको हो ।

सिवाईसी लघुवित्त (पोखरा) पनि कारबाहीमा परेकाे छ । ०८२ असार मसान्तमा पुँजीकोष अनुपात ६.२०% मात्र कायम रहेकाले फागुन १० मा कारवाही गरिएको हो ।

यस्तै, बाग्लुङमा रहेकाे धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको छ । संस्थाको 'कर्मचारी सेवा विनियमावली, २०८०' को विनियम ९५ को मर्म विपरित नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गराएको पाइएको छ ।

साथै, स्पष्ट आधार र कारण विना नै निज बहाल नरहेको अवधिको रकम समेत नियम विपरित भुक्तानी गरेको भेटिएकाले २०८२/१०/०९ मा अध्यक्ष सिर्जना थापासहित सञ्चालकहरू सुमन प्रसाद श्रेष्ठ, जिवन आचार्य, सालिक राम शर्मा, चेत प्रसाद सापकोटा, गणेश पौडेल र रेशम लाल सापकोटालाई राष्ट्र बैंकले सचेत गराएको हो ।

आर्थिक अख्तियारी मिचेर गाडी किन्ने सिवाइसी नेपालको बोर्डलाई सचेत

पोखरामा रहेकाे सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ । समितिले गाडी खरिद गर्दा संस्थाको 'आर्थिक प्रशासन विनियमावली' मा भएको व्यवस्थाबमोजिम तोकिएको खर्च सीमा तथा अख्तियारी पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको छ ।

माघ ९ मा भएको निर्णय अनुसार अध्यक्ष पद्मनाथ शर्मासहित सञ्चालकहरू प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवन प्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेललाई अब उप्रान्त यस्तो कार्य नगर्न/नगराउन भनिएकाे छ।

बनेपा, काभ्रेमा रहेकाे नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भोजराज बस्याललाई राष्ट्र बैंकले माघ ११ मा सचेत गराएको छ । संस्थाले कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) कायम गरेको रु. ८१.५५ करोड रकम फिर्ता गरी आम्दानी जनाउँदा गम्भीर लापरबाही गरेको भेटिएको हो ।

उक्त रकम कुन-कुन ऋणीको हो भन्ने कुराको यकिन विवरण नै नराखी राष्ट्र बैंकको निर्देशन विपरित आम्दानी देखाएको भन्दै सीईओ बस्याललाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम अब उप्रान्त यस्तो कार्य नदोहोर्‍याउन सचेत गराइएको छ ।

यस्ताे छ कारबाहीमा परेकाहरुकाे सूची

asas.JPG2 ...JPG

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट