एक समय थियो, जब नेपालका वाम राजनीतिमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई एउटै गन्तव्यतर्फ अघि बढ्ने दुई सहयात्रीका रूपमा प्रस्तुत गरेका थिए।
२०७४ सालको वाम गठबन्धन र त्यसपछि भएको पार्टी एकताका बेला ओलीले सार्वजनिक रूपमा भनेका थिए, “प्रचण्ड र म एउटै जहाजका दुई पाइलट हौँ।”
त्यसबेला त्यो अभिव्यक्तिले वाम मतदातामा ठूलो आशा जगाएको थियो। दुई ठूला कम्युनिष्ट शक्तिको एकताले स्थिर सरकार र बलियो राजनीतिक नेतृत्व दिने अपेक्षा गरिएको थियो।
त्यही लहरमा भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रले ऐतिहासिक सफलता हासिल गरे। त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो र देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्ति बन्यो।
तर जुन ‘जहाज’लाई दुई पाइलटले सुरक्षित रूपमा उडाउनुपर्ने थियो, त्यही जहाज नेतृत्वको शक्ति सङ्घर्ष, अविश्वास र व्यक्तिगत प्रतिस्पर्धाको भारले धेरै टाढासम्म उड्न सकेन। अन्ततः नेकपा विभाजन भयो र पुरानै एमाले तथा माओवादी केन्द्र आ-आफ्नै बाटोमा फर्किए।
तर जुन ‘जहाज’लाई दुई पाइलटले सुरक्षित रूपमा उडाउनुपर्ने थियो, त्यही जहाज नेतृत्वको शक्ति सङ्घर्ष, अविश्वास र व्यक्तिगत प्रतिस्पर्धाको भारले धेरै टाढासम्म उड्न सकेन। अन्ततः नेकपा विभाजन भयो र पुरानै एमाले तथा माओवादी केन्द्र आ-आफ्नै बाटोमा फर्किए।
त्यसयता वाम मत निरन्तर विभाजित हुँदै गयो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले ७९ र माओवादी केन्द्र ३२ सिटमा सीमित भए। २०८२ को राजनीतिक समीकरणले झन् स्पष्ट बनाएको छ कि एक समय संसदमा निर्णायक शक्ति रहेका यी दुई दल अहिले क्रमशः २५ र १७ सिटको राजनीतिक हैसियतमा सीमित हुन पुगेका छन्।
यही परिवेशमा ओलीको पुरानो भनाइ फेरि सम्झिन थालिएको छ। “प्रचण्ड र म एउटै जहाजका दुई पाइलट” भन्ने राजनीतिक रूपक अहिले आलोचनाको विषय बनेको छ। किनभने त्यो जहाजले अपेक्षित उडान भर्न सकेन।
बरु पटक-पटकको सत्ता समीकरण, पार्टी फुट, आरोप–प्रत्यारोप र घट्दो जनसमर्थनपछि त्यो ‘जहाज’ अब राजनीतिक रूपमा ‘टेम्पु’मा रूपान्तरण भएको टिप्पणी हुन थालेको छ।
जहाजलाई दुई पाइलट चाहिन्थ्यो, तर टेम्पु चलाउन दुई ड्राइभर आवश्यक पर्दैन। एउटाले मात्र दिशा सम्हाल्न सक्छ।
जहाजलाई दुई पाइलट चाहिन्थ्यो, तर टेम्पु चलाउन दुई ड्राइभर आवश्यक पर्दैन। एउटाले मात्र दिशा सम्हाल्न सक्छ।
यो केवल व्यङ्ग्य होइन, वाम राजनीतिले पछिल्ला वर्षमा भोगेको यथार्थको संकेत पनि हो। एकताबाट प्राप्त भएको राजनीतिक सम्पत्ति जोगाउन नसक्दा मतदाता निराश भए, नयाँ दलहरू उदाए र पुराना शक्तिहरूको प्रभाव खुम्चिँदै गयो।
अब प्रश्न उठेको छ - ओली र प्रचण्ड फेरि अर्को ‘जहाज’ उडाउन खोज्छन्, वा आ-आफ्नो ‘टेम्पु’ लिएर छुट्टाछुट्टै बाटो हिँड्छन्? यसको उत्तर आगामी राजनीतिक यात्राले दिनेछ। तर यति भने स्पष्ट छ, दुई पाइलटको सपना देखाइएको जहाज आज त्यही उचाइमा छैन। अहिलेको राजनीतिक सन्देश पनि यही हो - टेम्पुलाई दुई ड्राइभर चाहिँदैन।
प्रतिक्रिया दिनुहोस