२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

‘रक्षात्मकबाट पुनःआक्रामक’ : किन अचानक बढ्यो ओलीको राजनीतिक सक्रियता ?

बुधवार , आषाढ १७, २०८३

प्रतिनिधि सभा निर्वाचनपछि लगभग सार्वजनिक गतिविधिबाट टाढा जस्तै देखिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्ला केही दिनयता पुनः सक्रिय रूपमा पार्टी कार्यक्रममा देखिन थालेका छन् । स्वास्थ्य अवस्था, पारिवारिक शोक र पार्टीभित्र बढेको नेतृत्व बहसबीच ओलीको बढ्दो सक्रियतालाई एमालेभित्र सामान्य गतिविधिका रूपमा मात्रै हेरिएको छैन यसलाई पार्टीभित्र आफ्नो राजनीतिक पकड पुनः मजबुत बनाउने प्रयासका रूपमा समेत विश्लेषण गर्न थालिएको छ ।

photo-collage.png (2).png

निर्वाचनलगत्तै पिता मोहनप्रसाद ओलीको निधनपछि केही समय सार्वजनिक जीवनबाट टाढिएका ओली त्यसपछि जेनजी आन्दोलन सम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि  वर्तमान सरकारले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि ओलीको स्वास्थ्यमा समस्या आएपछि तत्कालै उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा ओलीको  पित्तथैलीको शल्यक्रियापछि केही समय गुण्डु निवासमै आराममा रहे ।

अहिले दुइ कारणले ओलीको सक्रियतालाई बुझ्न सकिन्छ,पहिलो वर्तमान सरकार विशेषगरी एमाले अध्यक्ष ओली र एमाले प्रति निकै अनुदार र आक्रमक छ । रास्वपा सभापति रबि लामिछानेलाई यस अघि विभिन्न मुद्दामा ओली सरकारमा हुदा नै पक्राउ गरेर देशका अदालतहरुमा घुमाएर दुःख दिएकोमा रास्वपा नेतृत्व ओलीसँग त्यसको बदला लिने दाउमा छ ।

 अहिले स्वास्थ्यमा सुधारसँगै ओली फेरि राजनीतिक मैदानमा फर्किएका छन् र दैनिकजसो पार्टीका कार्यक्रमहरुमा सहभागी भएर वर्तमान सरकार र पार्टी भित्र आफ्ना विरोधीहरुलाई कडा जवाफ फर्काइरहेका छन् ।

यसबीच सम्पन्न एमाले सचिवालय बैठकले भने ओलीको राजनीतिक चुनौतीलाई सतहमा ल्यायो । दुई दिनसम्म चलेको बैठकमा अधिकांश सदस्यले पार्टीको पुनर्गठन, नेतृत्व शैली र भावी दिशामाथि खुलेर प्रश्न उठाए । केही नेताले मात्रै अहिलेको अवस्थामा ओलीको विकल्प नरहेको भन्दै उनको पक्ष लिए भने ठूलो समूहले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राख्यो ।

बैठकबाट  ओलीको असहमतीका बिच उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा पुनर्गठन सम्बन्धी सुझाव कार्यदल गठन भयो । यो निर्णयलाई एमालेभित्र नेतृत्व व्यवस्थापन र शक्ति सन्तुलनको संकेतका रूपमा हेरिएको छ । यही बैठकपछि ओलीको सक्रियता उल्लेख्य रूपमा बढेको देखिन्छ ।

कार्की ब्यांक्वेट मा आयोजित पार्टी कार्यक्रममा सहभागी भएर सार्वजनिक गतिविधि सुरु गरेका ओली त्यसयता लगातार पार्टीका कार्यक्रम, संगठनात्मक भेटघाट र कार्यकर्ता संवादमा सक्रिय छन् । गुण्डु निवासमा नेता–कार्यकर्तासँग भेटघाटदेखि केन्द्रीय कार्यालयका कार्यक्रमसम्म उनको उपस्थितिले उनी फेरि पार्टीको केन्द्रमा फर्किन खोजेको सन्देश दिएको छ ।

ओलीको सचिवालयमा कार्यरत पूर्व सांसद निरु पालका अनुसार असार १९ गतेसम्म अध्यक्षको तालिका पार्टी कार्यक्रमले भरिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यकताअनुसार थप कार्यक्रममा पनि सहभागी हुने तयारी रहेको उनको भनाइ छ ।

एकाएक किन सक्रिय भए ओली?

अहिले दुइ कारणले ओलीको सक्रियतालाई बुझ्न सकिन्छ,पहिलो वर्तमान सरकार विशेषगरी एमाले अध्यक्ष ओली र एमाले प्रति निकै अनुदार र आक्रमक छ । रास्वपा सभापति रबि लामिछानेलाई यस अघि विभिन्न मुद्दामा ओली सरकारमा हुदा नै पक्राउ गरेर देशका अदालतहरुमा घुमाएर दुःख दिएकोमा रास्वपा नेतृत्व ओलीसँग त्यसको बदला लिने दाउमा छ ।

प्रधानमन्त्री बालेन्द्र शाह पनि ओली विरुद्धमा नै छन् । काठमाडौ महानगरपालिका हुदा देखि नै बालेन सँग ‘टसल’मा उत्रीएका थिए ओली । विगतका यी सबै घटनाक्रमहरुले पनि वर्तमान सरकार ओली र एमाले प्रति अनुदार रहेको एमाले कै नेताहरुको बुझाइ छ । त्यसैले पनि वर्तमान सरकारलाई केही न केही गरेर गलाउन सकिन्छ कि भन्ने ओलीको बुझाइ हुन सक्छ र त्यही भएर पनि ओली सक्रिय हुदैछन् ।

दोस्रो पार्टी भित्र अहिले ओलीले नेतृत्व छाड्नु पर्छ भन्ने दबाब छ त्यही भएर पनि ओली आन्तरिक शक्ति प्राप्तका लागि मेहनत गरिरहेका छन् । एमालेभित्रको पछिल्लो समीकरण हेर्दा यसको उत्तर पार्टीभित्रकै शक्ति संघर्षमा भेटिन्छ । जेठ ४ गते गुण्डुमा बसेको सचिवालय बैठकदेखि नै अधिकांश नेताले वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने भन्दै नेतृत्व हस्तान्तरणको बहस सुरु गरेका थिए । ११औँ महाधिवेशनपछि सचिवालयमा आफ्नो स्पष्ट प्रभाव रहेको मानिएका ओली बैठकमा भने अपेक्षाभन्दा कमजोर अवस्थामा देखिएका थिए ।

त्यसपछि गठन भएको पुनर्गठन कार्यदल प्रदेश–प्रदेश पुगेर सुझाव संकलनमा जुट्यो। ती कार्यक्रममा कार्यकर्ता र नेताहरूबाट नेतृत्व परिवर्तनको माग उल्लेख्य रूपमा उठेको छ ।

यही अवस्थाले ओलीलाई रक्षात्मक बनाएको र उनले प्रत्यक्ष राजनीतिक उपस्थितिमार्फत शक्ति पुनः संगठित गर्न खोजिरहेको एमालेभित्र विश्लेषण हुन थालेको छ ।

यही कारण ओलीको पछिल्लो सक्रियतालाई केवल स्वास्थ्य सुधारपछि भएको नियमित गतिविधि भन्दा पनि ‘राजनीतिक पुनरागमन अभियान’ र ‘पार्टीभित्र शक्ति पुनःआर्जनको प्रयास’ का रूपमा हेर्न थालिएको छ ।

पार्टीका सार्वजनिक कार्यक्रममा ओलीले अहिले नेतृत्व परिवर्तन उपयुक्त नभएको तर्क गर्दै आएका छन् । कतिपय कार्यक्रममा उनले नेतृत्व परिवर्तनको पक्षमा बोल्नेहरूमाथि अनुशासन कारवाहीसम्मको धम्की समेत दिन पछि परेका छैनन् ।

एमालेका एक सचिवालय सदस्यका अनुसार ओली अहिले आफ्नो पक्षमा केन्द्रीय सदस्य र संगठनात्मक आधार मजबुत बनाएर मात्रै केन्द्रीय कमिटी बैठक बोलाउने रणनीतिमा छन् । उद्देश्य स्पष्ट छ—नेतृत्व परिवर्तनको बहसलाई संस्थागत रूपमा कमजोर बनाउने ।

अहिले सचिवालयभित्र उपमहासचिव योगेश भट्टराई नेतृत्व परिवर्तनको पक्षमा खुलेर बोलिरहेका छन् भने विगतमा ओली निकट मानिएका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ लगायत नेताहरूको धारणा पनि परिवर्तनको दिशामा देखिन थालेको छ ।

यही कारण ओलीको पछिल्लो सक्रियतालाई केवल स्वास्थ्य सुधारपछि भएको नियमित गतिविधि भन्दा पनि ‘राजनीतिक पुनरागमन अभियान’ र ‘पार्टीभित्र शक्ति पुनःआर्जनको प्रयास’ का रूपमा हेर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट