काठमाडौं । विश्वकै लोकप्रिय पेय पदार्थ ब्रान्डमध्ये एक कोका–कोलाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) सँगको आफ्नो पाँच दशकभन्दा लामो सहकार्य गरिरहेको छ ।
सन् १९७४ देखि सुरु भएको यो साझेदारी खेलकुद इतिहासकै सबैभन्दा लामो र सफल व्यावसायिक सहकार्यहरूमध्ये एक मानिन्छ । सन् १९७८ देखि कोका–कोला लगातार फिफा विश्वकपको आधिकारिक प्रायोजक रहँदै आएको छ ।
फुटबलप्रतिको विश्वव्यापी आकर्षण र करोडौं समर्थकको भावनालाई जोड्ने उद्देश्यले सुरु भएको यो सहकार्यले वर्षौंदेखि विश्वभरका समर्थकलाई खेलसँग अझ नजिक बनाउने काम गरेको छ । फिफाका प्रमुख प्रतियोगिता, महिला विश्वकप, युवा प्रतियोगिता तथा विभिन्न अन्तर्राष्ट्रिय फुटबल कार्यक्रमहरूमा कोका–कोलाको सक्रिय उपस्थिति रहँदै आएको छ ।
नेपालमा पनि कोका–कोला पाँच दशकभन्दा बढी समयदेखि उपभोक्तामाझ लोकप्रिय ब्रान्डका रूपमा स्थापित छ । नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै कम्पनीले हाल ‘फिफा वल्र्ड कप २०२६’ अभियान सञ्चालन गरिरहेको छ । विश्व फुटबलको रोमाञ्च नेपाली समर्थकमाझ पु-याउने उद्देश्यले सुरु गरिएको यो अभियान प्रभावकारी बन्दै गएको छ ।
केही दिनअघि कोका–कोला नेपालले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी ‘फिफा वल्र्ड कप २०२६’ अभियानको औपचारिक शुभारम्भ ग-यो । सो अवसरमा बोटलर्स नेपाल का प्रबन्ध निर्देशक अजय चनवसप्पा कोनाले ले यो अभियान केवल एउटा कार्यक्रम नभई फुटबलप्रेमी नेपाली उपभोक्तासँग भावनात्मक सम्बन्ध जोड्ने प्रयास भएको बताए ।
उनका अनुसार विश्वभर लोकप्रिय रहेको फिफाको उत्साहलाई नेपाली उपभोक्ताको दैनिक जीवनसँग जोड्ने लक्ष्यसहित कम्पनीले विशेष अभियान सञ्चालन गरेको हो । उनले विशेष फिफा ब्रान्डिङ गरिएका कोका–कोला प्याक, विभिन्न उपहार योजना तथा डिजिटल सहभागितामार्फत उपभोक्तालाई अविस्मरणीय अनुभव प्रदान गर्ने तयारी गरिएको जानकारी दिए । अभियानअन्तर्गत उपभोक्ताले विशेष प्याक खरिद गरी विभिन्न सरप्राइज उपहार जित्ने अवसर प्राप्त गर्नेछन् ।
उनको यो भनाइले पनि यो अभियान केवल फुटबलको उत्सव मात्र होइन, फिफाको विश्वव्यापी आकर्षणलाई नेपाली उपभोक्ताको जीवनसँग जोड्ने प्रयास गरेको देखिन्छ भने कोका–कोला फिफा प्याक, रोमाञ्चक गतिविधि र विभिन्न सरप्राइजमार्फत कोकले उपभोक्तालाई अविस्मरणीय अनुभव दिन खोजेको देखिन्छ । यसले कोकाकोला ब्रान्डप्रतिको आकर्षण बढाउने समेत देखिन्छ ।
बोटलर्स नेपालका अनुसार कोका कोलाले सुरु गरेको सो अभियानले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ । फुटबलप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, खुद्रा बजार तथा विभिन्न प्रचारात्मक कार्यक्रममार्फत उपभोक्तालाई अभियानसँग जोडिरहेको छ ।
कोका–कोलाले विगतका विश्वकपहरूमा पनि विश्वभर लाखौं समर्थकलाई जोड्ने विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । विशेष संस्करणका प्याकेजिङ, प्रतियोगिता, फ्यान इन्गेजमेन्ट कार्यक्रम तथा डिजिटल गतिविधिमार्फत कम्पनीले फुटबल समर्थकलाई खेलसँग अझ नजिक ल्याउने प्रयास गर्दै आएको छ । यसपटकको ‘फिफा वल्र्ड कप २०२६’ अभियान पनि त्यही परम्पराको निरन्तरता भएको कम्पनीको भनाइ छ ।
हाल जारी फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । इतिहासमै पहिलो पटक ४८ टोलीको सहभागिता रहेको यस प्रतियोगितालाई अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ । प्रतियोगिताप्रति विश्वभर बढ्दो उत्साहबीच कोका–कोलाले पनि आफ्ना अभियानलाई थप व्यापक बनाउँदै समर्थकलाई विश्वकपको रोमाञ्चसँग जोड्ने रणनीति अपनाएको जनाएको छ ।
नेपालमा फुटबलप्रतिको लोकप्रियता निरन्तर बढिरहेका बेला कोका–कोलाको यो अभियानले नेपाली समर्थकलाई विश्व फुटबलसँग जोड्ने नयाँ अवसर सिर्जना गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । विशेष फिफा प्याक, आकर्षक उपहार योजना, प्रचारात्मक गतिविधि तथा विभिन्न सरप्राइजमार्फत उपभोक्तालाई विश्वकपको उत्साह प्रत्यक्ष अनुभूति गराउने कम्पनीको लक्ष्य रहेको छ ।
पाँच दशकभन्दा लामो फिफासँगको सहकार्यलाई निरन्तरता दिँदै कोका–कोलाले खेलकुद, मनोरञ्जन र उपभोक्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास गरिरहेको जनाएको छ । नेपालमा सञ्चालन भइरहेको ‘फिफा वल्र्ड कप २०२६’ अभियान पनि त्यसैको महत्वपूर्ण हिस्सा रहेको कम्पनीको भनाइ छ । हाल अभिनेता प्रदीप खड्का कोका–कोला नेपालको ब्रान्ड एम्बासडर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस