२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

बालेन सरकारका १०० दिन : खर्च कटौतीदेखि सुशासनसम्मका उपलब्धि सार्वजनिक (सूचीसहित)

शनिवार , आषाढ २०, २०८३

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका प्रमुख उपलब्धि सार्वजनिक गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सरकारका सय दिनका मुख्य उपलब्धिबारे जानकारी दिएका हुन्।

सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, प्रशासनिक पुनर्संरचना, आर्थिक अनुशासन, पूर्वाधार विकास तथा नागरिकमैत्री सेवाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ। विभिन्न मन्त्रालयले गरेका प्रमुख कार्य, नीतिगत निर्णय तथा सुधारका कार्यक्रम पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो।

प्रवक्ता पोखरेलले सरकारले सुरुआती १०० दिनमै नीतिगत सुधार र जनताले प्रत्यक्ष अनुभूति गर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। साथै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउँदै विकासका कार्यक्रमलाई तीव्रता दिने सरकारको प्रतिबद्धता पनि दोहोर्‍याए।

सरकारले सार्वजनिक गरेका उपलब्धिको विस्तृत विवरण क्रमशः सम्बन्धित मन्त्रालयमार्फत सार्वजनिक गरिने जनाइएको छ।

यस्ता छन् सय दिनका उपलब्धी

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट