२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

मापदण्ड मिचेर कर्णाली राजमार्ग बनाइयो : संसदबाट ठेकेदार र प्राविधिकमाथि कारबाहीको माग

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश कुमार सापकोटाले कर्णाली राजमार्ग निर्माण प्रक्रियामाथि व्यापक छानबिन गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजमार्ग निर्माणमै गम्भीर कमजोरी भएको आरोप लगाउँदै निर्माणमा संलग्न ठेकेदार, प्राविधिक र त्यसबेलाको सरकारी जिम्मेवार निकायलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

सांसद सापकोटाले कर्णाली राजमार्ग सुरुदेखि नै प्राविधिक मापदण्डअनुसार निर्माण भए–नभएको प्रश्न उठाउँदै, ‘यो स्थान राजमार्ग निर्माणका लागि उपयुक्त थियो कि थिएन, डिजाइन र निर्माण मापदण्ड पालना गरिएको थियो कि थिएन भन्ने विषयको स्वतन्त्र छानबिन हुनुपर्छ’ भने ।

उनले हाल देखिएका दुर्घटना र जोखिमलाई केवल चालक वा सवारीसाधनको कमजोरीसँग मात्र जोड्न नमिल्ने उल्लेख गर्दै, सडक निर्माणको गुणस्तर र सरकारी निर्णय प्रक्रियासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने धारणा राखे।

सांसद सापकोटाले मापदण्डविपरीत राजमार्ग निर्माण भएको दाबी गर्दै त्यसबेला सडक निर्माणमा संलग्न ठेकेदार, प्राविधिक तथा जिम्मेवार सरकारी निकायमाथि निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कडा कारबाही गर्न सरकारसँग माग गरे।

उनले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सडक निर्माणका सम्पूर्ण मापदण्डको पुनरावलोकन गर्न र जोखिमयुक्त सडक खण्डहरूको तत्काल प्राविधिक परीक्षण गरी आवश्यक सुधार गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट