२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

‘सहकारी पीडितलाई पैसा दियौँ, तर ठग कति पक्राउ परे?’ : साम्पाङ

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सहकारी ठगीमा संलग्न व्यक्तिमाथिको कारबाहीबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। सहकारी पीडितलाई राहत दिने सरकारको निर्णय स्वागतयोग्य भए पनि ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन नसकिएको भन्दै उनले प्रश्न उठाएका हुन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले सरकारले सहकारी पीडितलाई रकम उपलब्ध गराएको जानकारी दिएको उल्लेख गर्दै भने, ‘सहकारी पीडितलाई रकम दिएको भन्ने सुनिएको छ, तर सहकारी ठगहरू कति पक्राउ परे? उनीहरूबाट कति रकम असुल गरियो?’

उनले सहकारी पीडितलाई राहत राज्यकोषबाट नभई ठगीमा संलग्न व्यक्तिको सम्पत्ति जफत गरी उपलब्ध गराइनुपर्ने धारणा राखे।

‘सहकारी ठगहरूको जायजेथा जफत गरेर पीडितलाई क्षतिपूर्ति दिनुपर्छ, राज्यकोषबाट रकम दिनु सर्वथा गलत हो,’ उनले भने।

साम्पाङले सरकारले सहकारी पीडितलाई रकम दिएको दाबी गरे पनि कुन–कुन सहकारीका ठगबाट कति सम्पत्ति असुल गरिएको र त्यसबाट पीडितलाई कति रकम वितरण गरिएको भन्ने विवरण सार्वजनिक गर्नुपर्ने माग गरे।

 उनले वर्तमान सरकारको प्रयासको प्रशंसा पनि गरे। देश लामो समयदेखि बिग्रिएको अवस्थामा रहेको उल्लेख गर्दै उनले सय दिनमै सबै समस्या समाधान हुने अपेक्षा गर्न नसकिने बताए।

‘सयौँ वर्ष लगाएर बिग्रिएको देश सय दिनमा बन्न सक्दैन। अहिलेको सरकारले सुधारको प्रयास गरिरहेको छ, त्यो सकारात्मक कुरा हो,’ साम्पाङले भने।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट