२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

जग्गा विवादमा चक्कु प्रहार : रौतहटमा एक जनाको मृत्यु

बुधवार , आषाढ २४, २०८३

रौतहट / रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विवाद चर्किँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयमा विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ।

विवादका क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु लागेर बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि राति करिब ९ः०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न राममहेश्वर साह र झैँझगडामा संलग्न रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट