२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

बुधवार , आषाढ २४, २०८३

सुनसरी / सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

असार २४ गते राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका मोरङको विराटनगर महानगरपालिका–१७ रानी बस्तीका ५१ वर्षीय नुर महोमद र विराटनगर महानगरपालिका–८ अशोक चोकका ३२ वर्षीय इम्रान खानलाई रोकी चेकजाँच गरेको थियो।

प्रहरीले नुर महोमदको शरीर खानतलासी गर्दा एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद गरेको जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट