२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

खाँदबारी–किमाथांका सडक सोमबार ‘ब्रेक थ्रु’ गरिँदै

शनिवार , माघ १२, २०८१

सङ्खुवासभा । राष्ट्रिय गौरवको जोगवनी किमाथांका सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए । ब्रेक थ्रुपछि खाँदबारी किमाथांका सडक जोडिने छ ।

कोशी राजमार्ग अन्तर्गतको खाँदबारी किमाथांका सडक अन्तर्गत च्याम्तांग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको मन्त्री खड्काले बताए । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेको उनले बताए । ब्रेक थ्रुसँगै सडकको स्तर उन्नती र चौँडा बनाउने काम गरिने उनले बताए ।

यो खण्डमा सेनाले डबल ल्याण्डको १० दशमलब पाँच किलोमिटर सडक निर्माण पूरा गरिसकेको छ । सदरमुकाम खाँदबारीबाट च्याम्तांगसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ ।

यसअघि नै किमाथांकाबाट घोंघोप्पासम्म १४ किमी सडकको कच्ची ट्याक खुलिसकेको थियो । खाँदबारी किमाथांका सडकको दुरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट