२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

मन्त्रिपरिषदको बैठक : ‘कारागार नियमावली, २०८३’ स्वीकृत

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रशासनिक नियुक्तिदेखि शिक्षा, स्वास्थ्य, मानव अधिकार र सुशासनसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकका निर्णय सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौं निवासी सुरज शाक्यलाई नियुक्त गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारले स्वीकृति दिएको छ ।

शिक्षा क्षेत्रमा सरकारले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’ र ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गरेको छ। यी नियमावलीले विदेशी शैक्षिक कार्यक्रम तथा शैक्षिक परामर्श संस्थाको सञ्चालनलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

त्यसैगरी, बैठकले ‘कारागार नियमावली, २०८३’ स्वीकृत गर्नुका साथै मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट