२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

आज २०८१ साल माघ १३ गते आइतबारको राशिफल

आइतवार , माघ १३, २०८१

मेष : धन लाभ हुने दिन छ। व्यवहार सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग रहेको छ। लामो यात्रा तय हुने दिन छ।

वृष : मन खुशी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीले जतिसुकै दुःख दिए पनि जित तपाईंकै हुनेछ। खर्च बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : यात्रा कष्टकर हुनसक्छ। मन अशान्त बन्ने जोखिम रहेको छ। पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ। साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।

कर्कट : मन अशान्त बन्नसक्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ। शिक्षामा गरेको मिहेनत सफल बन्नेछ। विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला।

सिंह : दिन सुखद् रहेको छ। तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ।

कन्या : मन अशान्त बन्नेछ। पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन्। परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ।

तुला : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ।

वृश्चिक : दिन सामान्य छ। पुरानो रोगले सताउने छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ। बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ।

धनु : दैनिकी सहज बन्नेछ। साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन्। वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ। लगानी र श्रम भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ।

मकर : खर्च बढ्ने योग छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ। परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ। मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ।

कुम्भ : मनमा नयाँ उत्साह थपिनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ। बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ। बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ। साना कुराले मन अशान्त बन्नसक्छ। सुरुवाती साढेसाती दशा रहेकाले पिपलको दाहिने परिक्रमा मात्र गरेमा दैनिकी सहज बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट