२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

संसद अधिवेशनको तयारीमा सभामुख, छुट्टाछुट्टै छलफल

आइतवार , माघ १३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा विभिन्न बैठक राखेका छन् । माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ ।

सभामुखको बिहान ११ बजेदेखि सत्तापक्षका मुख्य र प्रमुख सचेतकसँग छलफल छ । प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँगको छलफल दिउँसो २ बजे तय गरिएको छ ।

त्यस्तै भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ ।

दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुखले संसदीय समितिका सभापतिसँग अलगअलग संवाद गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट