२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

आइतवार , माघ १३, २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु देउवा राणाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

उनले आफ्ना भारतीय समकक्षी एस जयशङ्करमार्फत भारतीय जनता र सरकारलाई यस अवसरमा निरन्तर प्रगति, समृद्धि र उन्नतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

मन्त्री डा राणाले सामाजिक सञ्जालमार्फत घनिष्ठ छिमेकीका रूपमा, शताब्दीऔँको साझा इतिहास, पारस्परिक सम्मान र विभिन्न क्षेत्रमा सहयोगको माध्यमबाट मित्रताको बलियो बन्धन र घनिष्ठ सम्बन्ध अनवरत रहेको उल्लेख गरेकी छन् ।

आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ थप सुदृढ हुँदै जाने उनले विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट