२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

शिवसताक्षी नगरपालिकाद्वारा ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट

सोमवार , माघ १४, २०८१

झापा । शिवसताक्षी नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा अनुगमन टोलीले ‘फर्मालिन’ रसायनको प्रयोग गरिएको ४४ केजी माछा जफत गरेको छ ।

शिवसताक्षी–६ स्थित शिवगञ्ज बजारमा नगरपालिकाको टोलीले अनुगमनका क्रममा फर्मालिन प्रयोग भएको माछा जफत गरी नष्ट गरेको उपप्रमुख नरमाया कार्कीले बताइन् । भारतबाट आयातित मरेका माछालाई ताजा देखाउन फर्मालिन रसायनको प्रयोग हुने गरेको जनगुनासो आएपछि नगरपालिकाले गत सातादेखि त्यस्तो माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।

स्थानीयवासीले शिवगञ्ज बजारमा भारतबाट आयातित मरेका माछा आइतबार बिक्री भइरहेको जानकारी नगरपालिकालाई दिएका थिए । लगत्तै उपप्रमुख कार्कीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फे, राजस्व शाखा प्रमुख विमल बाँस्कोटा, नेपाल प्रहरी र नगरप्रहरीलगायतको टोलीले सो स्थानमा पुगेर माछा जफत गरेको थियो ।

शिवगञ्ज बजारको माछा पसल अनुगमन गर्दा तीन पसलमा फर्मालिन रसायन प्रयोग भएका माछा बिक्री वितरण भइरहेको पाइएको उपप्रमुख कार्कीले बताइन् ।

स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सरजस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराउँदा गराउँदै बेचबिखन गरेको पाइएको हुँदा नगरपालिका कारबाहीमा उत्रिन बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत तुम्वाहाम्फेले बताइन् । शिवगञ्ज बजारको भुटन चौधरीको पसलबाट २० केजी, उपेन्द्र सहनीको पसलबाट दुई केजी र दीपक साहको पसलबाट २२ केजी माछा जफत गरिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट