२०८३, आषाढ २५ गते

बिहिवार, आषाढ २५ गते २०८३

निर्मल वाटिका एकेडेमीको ७औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न, एक्टिभिटी बेस्ड लर्निङमा जोड

बुधवार , माघ १६, २०८१

काठमाडौं । निर्मल वाटिका एकेडेमीले आफ्नो ७ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । उपत्यकाको उत्कृष्ट शिक्षण सिकाई संस्था मध्ये एक निर्मल वाटिका एकेडेमीले ७ औँ वार्षिकोत्सव काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा मनाएको हो ।

तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यायलले एक्टिभिटी बेस्ड लर्निङ (एबीएल)मा आधारित आधुनिक शिक्षण प्रविधिलाई अवलम्बन गर्दै आइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विधार्थीले सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रर्दशनी, अन्य सह–पाठ्यक्रमका गतिविधिहरु प्रस्तुत गरेका थिए ।

विद्यालयले मन्टेश्वरीमा आधारित प्रारम्भिक शिक्षा प्रणाली अवलम्बन गर्दै बालमैत्री वातावरणमा शिक्षा दिँदै आईरहेको छ ।

विद्यालयको मुख्य लक्ष्य विद्यार्थीहरुको शारिरिक, मानसिक, भावनात्मक र सामाजिक विकास गर्नु रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै विद्यायलका प्रधानाध्यापक शिव थापाले यस विद्यालयले डिजिटल प्रविधिसँग हातेमालो गर्दै शिक्षण प्रक्रियालाई प्रविधिमैंत्री बनाउन विभिन्न प्रविधियुक्त कम्पनीसँग सहकार्य गरिरहेको बताए ।

उनले आधुनिक सिकाईका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको बताए ।

उनले भने, “हामी परम्परागत शिक्षण विधीलाई पछ्याउँदैनौँ, बरु नविनतम प्रविधि तथा क्रियाकलापमा आधारित सिकाईलाई प्राथमिकता दिन्छौँ ।”

त्यस्तै, विद्यालयका संयोजक गोविन्द न्यौपानेले विद्यालयले विद्यार्थिको सर्वाङ्गिण विकासका लागि कला, खेलकुद, सङ्गित, नाटक र वैज्ञानिक प्रयोगशालामार्फत विद्यार्थिलाई व्यवहारिक ज्ञानमा जोड दिएको बताए ।

विद्यालयले केवल किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान प्रदान गरेको देख्दा शिक्षक र विद्यालयसँग एकदमै सन्तुष्ट रहेको अभिभावक मिना कुंवरले बताइन् ।

अर्का अभिभावक रेमकान्त पाठकले आफ्नो बच्चाको आत्मविश्वास, सिर्जनात्मक र व्यवहारिक ज्ञानको उत्कृष्ट विकास भएको बताए । उनले भने्, ‘‘मेरो बच्चा दुई वर्षदेखि यहाँ अध्ययन गर्दैछ । मैले उसमा आत्मविश्वास, सिर्जनात्मक र व्यवहारिक ज्ञानको उत्कृष्ट विकास भएको देख्दा प्रफुल्लित भएको छु ।’’

विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर कोर्स, एक्टिभिटी बेस्ड लर्निङ जस्ता उत्कृष्ट शिक्षण विधीबाट पढ्न पाउँदा रमाइलो र नयाँ अनुभव भएको विद्यार्थि सविन दुलालले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै संचालक समिती सदस्य कृष्ण बहादुर थापाले विद्यालयले आगामी दिनमा थप प्रविधिमैंत्री, अनुसन्धानमुलक र विद्यार्थि केन्द्रित शिक्षालाई विस्तार गर्दै अघि बढाउने लक्ष्य रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट