२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

हर्क साम्पाङको पत्र रबिलाई : प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा तपाँइको धाराण के हो ?

शनिवार , जेठ ३०, २०८३

काठमाडौ / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भारत–नेपाल सीमा सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको भनाइबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

अध्यक्ष राईले आफ्नै शैलिमा पार्टीको लेडर प्याड मा रास्वपा सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै  लेखेको  पत्र  सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । राइ धरानको मेयर हुदा नै सरकारी कार्यालयहरुमा समेत आफ्नै शैलिमा पत्र लेख्ने गरेका थिए । अहिले पनि राइले आफ्नै शैलिमा पत्र लेख्दै रास्वपाका धारणा जान्न खोजेका छन् ।

WhatsApp Image 2026-06-13 at 12.49.53.jpeg

प्रतिनिधि सभाको २०८३ जेठ १७ गतेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा विभिन्न स्थानमा अतिक्रमण गरेको छ’ भन्ने आशयको अभिव्यक्ति दिनुभएको सन्दर्भमा उक्त विषयमा तपाईँको पार्टीको आधिकारिक धारणा सार्वजनिक गरियोस् ।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि संसदमा विवाद उत्पन्न भएको थियो। विपक्षी दलहरूले उक्त भनाइलाई आपत्तिजनक ठहर गर्दै संसदको अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भई स्पष्टीकरणसहित आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार