२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

शनिवार , जेठ ३०, २०८३

काठमाडौँ / सशस्त्र प्रहरी बल नेपालले आफ्नो प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई प्रदान गरेको छ ।

यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आउनुभएका डीआईजी विष्णुप्रसाद भट्टको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

सशस्त्र प्रहरी बलका अनुसार नयाँ जिम्मेवारीसँगै डीआईजी कार्कीले संगठनका आधिकारिक सूचना तथा सार्वजनिक सञ्चारसम्बन्धी कार्यको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट