२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

काठमाडौँ महानगरपालिकाले एकीकृत करदाता परिचय नम्बर लागू गर्ने

आइतवार , जेठ ३१, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने भएको छ ।

आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो ।

महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाउने भएको हो । 

नीति तथा कार्यक्रममा भनिएको छ,  ‘करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजश्व सेवा सम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएस मार्फत सम्प्रेषण गरिनेछ ।’ 

‘महालेखा नियन्त्रक कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागू गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गरिनेछ । बहालमा लिए दिएका घरजग्गा र अन्य संरचना र सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट