२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बजेट बहसका लागि संसद सक्रिय दुवै सदनको बैठक आज

सोमवार , आषाढ १, २०८३

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका लागि प्रस्तावित बजेट शीर्षकमाथि समूहगत छलफल सुरु गरिनेछ ।

आजको बैठकमा युवा तथा रोजगार, उद्योग तथा आपूर्ति, कृषि, वन तथा वातावरण, सञ्चार, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, भूमि व्यवस्था तथा सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा महिला, बालबालिका र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् ।

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ।

छलफलका क्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट