२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

योगेश भट्टराईले भने - एमाले थप एकताबद्ध र पुनर्गठित हुन्छ

सोमवार , आषाढ १, २०८३

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले पार्टीभित्र पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने र संगठन अझ बलियो तथा एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कविता शैलीमा आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमालेभित्र विभाजन, फुट वा टुटको सम्भावना नभएको संकेत गरेका छन्। उनले पार्टीमा लोभ र पापको अन्त्य हुँदै जाने, सबै पक्षबीच समझदारी र सहकार्य बढ्ने तथा संगठन थप मजबुत बन्ने सन्देश दिएका छन्।

भट्टराईले साझा उद्देश्य र एकताको भावनालाई जोड दिँदै पार्टीभित्र रहेका मतभेद संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार एमालेका नेता–कार्यकर्ताबीच आपसी सम्मानको वातावरण अझ सुदृढ हुनेछ र संगठनात्मक गतिशीलता पनि बढ्नेछ।

उनले लेखेको कवितामा ‘ढुक्क रहनुहोस’, ‘फुट्ने छैन’, ‘टुट्ने छैन’, ‘सबै मिल्ने छन् ’ र ‘थप एकताबद्ध हुनेछन् ’  भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

भट्टराईको भनाइलाई एमालेभित्र सकारात्मक पुनर्गठन, आपसी विश्वासको पुनस्र्थापना र संगठन सुदृढीकरणको संकेतका रूपमा हेरिएको छ। 

उनले कविताको अन्त्यमा “मति सुध्रने छ, गति बढ्ने छ” भन्दै एमाले आगामी दिनमा अझ प्रभावकारी, अनुशासित र जनमुखी ढंगले अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट