२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित

सोमवार , आषाढ १, २०८३

 
काठमाडौं / फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ ।
 
मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एक÷एक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए ।
 
खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा  ट्युनिसियाका ओमारले एक गोल फर्काए । 
 
यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौँ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५–१ गोलको जित निकाल्यो । 
 
जितपछि स्वीडेनले शीर्ष तीन अङ्क जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेल्दै समान एक÷एक अङ्क बाँडेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट