२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

‘सारथी ES6’ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता !

बिहिवार , आषाढ ४, २०८३

नेपालमा इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताहरूले भोग्दै आएको 'रेन्ज'को समस्यालाई समाधान गर्ने उद्देश्यका साथ लुयानको आधिकारिक वितरक 'जिरो इमिसन राइड एन' ले नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ४०० किलोमिटरसम्मको असाधारण रेन्ज दिने ‘सारथी ES6’ मोडल नेपाली बजारमा उपलब्ध गराएको हो।

कम्पनीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा अधिकतम ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ।

कम्पनीले स्कुटरमा ९.६ किलोवाट आवर (kWh) क्षमताको CATL लिथियम ब्याट्री जडान गरिएको जनाएको छ। मानक परीक्षण अवस्थामा ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको स्कुटरले काठमाडौं उपत्यकाको उकालो–ओरालो र ट्राफिक अवस्थाको परीक्षणमा समेत ३५० किलोमिटरभन्दा बढी माइलेज दिएको कम्पनीको भनाइ छ।

विशेषगरी पठाओ, इनड्राइभर र यांगो जस्ता राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध चालकहरूलाई लक्षित गरी ल्याइएको सारथी ES6 ले व्यावसायिक प्रयोगमा पनि २५० किलोमिटरभन्दा बढी वास्तविक रेन्ज दिन सक्ने कम्पनीले जनाएको छ।

लुयान नेपालका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्माका अनुसार नेपालमा इलेक्ट्रिक स्कुटरको दूरी क्षमताबारे रहेको धारणा परिवर्तन गर्ने उद्देश्यले यो मोडल बजारमा ल्याइएको हो। उनका अनुसार अब पेट्रोल स्कुटरसरह लामो दूरीको यात्रा इलेक्ट्रिक स्कुटरबाट पनि सहज रूपमा सम्भव हुनेछ।

सारथी ES6 मा ४,५०० वाट पिक पावर मोटर, डबल डिस्क ब्रेक, कम्बाइन्ड ब्रेकिङ सिस्टम (CBS), हिल होल्ड असिस्ट, क्रुज कन्ट्रोल तथा ब्याट्री प्रतिशत देखाउने डिजिटल डिस्प्ले जस्ता आधुनिक सुविधा समावेश गरिएको छ। साथै १२ इन्चका ठूला पाङ्ग्रा, फराकिलो लेग स्पेस र पर्याप्त बुट स्पेस उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकहरूले सहज रूपमा स्पेयर पार्ट्स तथा मर्मत सेवा प्राप्त गर्न सक्नेछन्। लामो दूरी यात्रा गर्ने तथा पेट्रोलको बढ्दो खर्चबाट मुक्ति खोज्ने उपभोक्ताका लागि सारथी ES6 नेपाली बजारमा एउटा आकर्षक विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
1
I
Ikesh Ulak
1 week ago
Test drive ko lagi kaha samma lana milxa hola?
ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट