काठमाडौं / गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ विरुद्ध हिरासतभित्र मानवअधिकार उल्लङ्घन भएको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ ।
निवेदकहरूले आयोगको केन्द्रीय कार्यालय, पुल्चोकमा बुझाएको निवेदनमा सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत कक्षभित्र मानसिक दबाब, ज्यान मार्ने धम्की तथा मानवअधिकार हनन भएको आरोप उल्लेख गरेका छन्। उनीहरूले घटनाको तत्काल छानबिन गरी पीडितहरूको अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
अजय सोडारी,प्रकाश बम र सुजन पौडेलले दिएको उजुरीमा जेठ १९ गते सीमा सम्बन्धी विषयमा भारतीय दूतावास अगाडि भइरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा आफूहरू पक्राउ परेर सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको बेला गुरुङ गएर आफुहरुलाई धम्की दिएको उजुीकर्ता प्रकाश बलमे जानकाी दिए ।
आफुहलाई हिरासतमै सांसद गुरुङ नेतृत्वको टोली प्रवेश गरी केही व्यक्तिमाथि मानसिक दबाब, गालीगलौज तथा धम्कीपूर्ण व्यवहार गरेको उनको आोप थियो ।
आफुहले यस्तो कार्यले संविधानले सुनिश्चित गरेका सम्मानपूर्वक बाँच्न पाउने अधिकार, न्यायसम्बन्धी अधिकार र यातनाविरुद्धको अधिकार उल्लङ्घन भएको बलमे दाबी गरे । आयोगमा दिएको उजुरीमा तत्काल स्थलगत अनुगमन र बयान संकलन गरी घटनाको सत्यतथ्य जाँच गर्न,सीसीटीभी फुटेज, भिजिटर लग र ड्युटी रजिस्टर सुरक्षित राख्न,आरोपित तथा जिम्मेवार निकायमाथि कानुनी र विभागीय कारबाहीको सिफारिस गर्न आफुहरुले माग गरिएको बम समुुहले हालेको उजुरीमा भनिएको छ ।
निवेदनमा सासंद र गृहमन्त्री जस्तो उच्च पदमा रहेका व्यक्तिमाथि आरोप लागेकाले प्रमाण नष्ट हुन सक्ने जोखिम रहेको भन्दै ‘फास्ट ट्र्याक’ प्रक्रियामार्फत छानबिन अघि बढाउनुपर्ने माग गरिएको छ आफुहरुलाई र हिरासतमा रहेका अन्य लाई धम्काउने कार्य रोक्न माग गरेर निवेदन दिएको बलमे जानकारी दिए । आयोगले हाम्रो उजुरी दर्ता गरेको छ,उहाँहरुरुले छानबिन गर्छुृ भन्नु भएको छ हेरौ के गर्नुहुन्छ बम ले भने आयोगमा ३१०६ दर्ता दम्बरमा उजुरी दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस