चितवन / प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण गरेका छन् ।
प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार प्रधानमन्त्री शाह सपरिवार केन्द्र पुगेका थिए । निरीक्षणका क्रममा शाहले केन्द्रमा सञ्चालन भइरहेका हात्ती संरक्षण, प्रजनन तथा व्यवस्थापनसम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।
हाल खोरसोरस्थित केन्द्रमा ९ वटा माउ हात्ती र ७ वटा छावा रहेका छन्। केन्द्र वन्यजन्तु संरक्षण र हात्ती प्रजननका दृष्टिले महत्वपूर्ण मानिन्छ।
यसैबीच, प्रधानमन्त्री शाह कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बस्दा स्थानीयवासीसँग अनौपचारिक भेटघाट तथा भलाकुसारीसमेत गरेका छन् ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रधानमन्त्री शाह महाधिवेशनसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त रहेका छन् ।
तस्विर एन टिभी
प्रतिक्रिया दिनुहोस