२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा बन्द सत्र सुरु : बालेन सहभागी भएनन्

मंगलवार , आषाढ ९, २०८३

चितवन /  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र निर्धारित समयभन्दा एक दिन ढिलो गरी सुरु भएको छ। पार्टी सभापति तथा अन्य शीर्ष पदाधिकारीहरू बन्द सत्रमा सहभागी भए पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने सहभागी भएका छैनन्।

उपसभापति स्वर्णिम वाग्ले, महामन्त्रीद्वय भुवदेव शाह र कबिन्द्र बुर्लाकोटीलगायत पार्टीका अधिकांश पदाधिकारी बन्द सत्रमा उपस्थित छन्।

अधिवेशनका लागि बालेन विगत तीन दिनदेखि सौराहास्थित लटौली सेन्चुरी रिसोर्टमा परिवारसहित बस्दै आएका छन्। सोमबार बन्द सत्र सुरु हुन नसकेपछि उनले सौराहाका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका थिए।

मंगलबार पनि बालेन सौराहामै रहे पनि बन्द सत्रमा भने सहभागी भएनन्। ‘उहाँ पनि आउने कुरा थियो, तर अहिलेसम्म आउनुभएको छैन,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट