काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यको मतदान सकिएको छ ।
केहीबेर अघि सकिएको मतदानमा केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ । कुल ४३११ प्रतिनिधिमध्ये १३५२ जना मतदानमा अनुपस्थित रहे ।
९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा थिए ।
अहिले मुचुल्काको काम भइरहेको छ भने, केहीबेरपछि मतगणना सुरु गरिने बताइएको छ ।
आजै पदाधिकारीको पनि मतदान गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस