२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समिति चयन : अन्तिम मतपरिणाम सार्वजनिक स्वर्णिम वाग्ले को २६०७मत

बिहिवार , आषाढ ११, २०८३

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छकेन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत प्राप्त गरेका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार पार्टीका निर्वतमान उपसभापति स्वर्णिम वाग्ले सहित विभिन्न पदका उम्मेदवारहरू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। महाधिवेशनबाट खुला तथा समावेशी समूहअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिएको हो।

मतगणना सम्पन्न भएपछि निर्वाचन समितिले अन्तिम नतिजा सार्वजनिक गरेको जनाएको छ । 

पार्टीको पहिलो महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय समितिले आगामी कार्यकालमा रास्वपाको संगठनात्मक नेतृत्व सम्हाल्नेछ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूले मतदानमार्फत नयाँ नेतृत्व चयन गरेका हुन् । 

निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूको विस्तृत नामावली निर्वाचन समितिले सार्वजनिक गरेको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट