२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

पोखरा फाइनान्स लिमिटेडमाथि राष्ट्र बैंकले गरेकाे कारबाही फुकुवा

वित्तीय सूचकमा सुधार आउने सुनिश्चित

शुक्रवार , आषाढ १२, २०८३

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि गरेको शीघ्र सुधारात्मक कारबाही फुकुवा गरेको छ। वित्तीय सूचकमा सुधार आउने सुनिश्चित भएपछि राष्ट्र बैंकको असार १० गतेको निर्णयअनुसार समृद्धि फाइनान्ससँग एकीकृत कारोबार सुरु हुने मितिदेखि नै लागू हुने गरी पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारबाही पूर्ण रूपमा फुकुवा गरिएको हाे । 

पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको स्थलगत निरीक्षण र आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको गैरस्थलगत विवरणका आधारमा सुपरिवेक्षकीय समायोजन गरिएको थियो। उक्त समायोजनपछि फाइनान्सको पुँजीकोष अनुपात तोकिएको न्यूनतम मापदण्डभन्दा निकै कम देखिएको थियो।

सोही कारण राष्ट्र बैंकले २०८१ माघ २३ गते 'बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४' को विनियम ३ को खण्ड (ग) बमोजिम संस्थामाथि कारबाही गरेको थियो।

पोखरा फाइनान्स र समृद्धि फाइनान्स एक आपसमा गाभिनका लागि राष्ट्र बैंकले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति दिएको थियो।

मर्जर पश्चात् २०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणका आधारमा दुवैको संयुक्त प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात १०.८० प्रतिशत पुग्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार