२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

राष्ट्रिय सहमति गरेर मात्रै संविधान संशोधन गर्नुपर्छ : विद्या भण्डारी

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय सहमति गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएकी छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले संविधानको प्रस्तावना र विभिन्न धारा मार्फत अभिव्यक्त गरिएका संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिन नहुने बताइन् ।

उनले जनताद्वारा निर्वाचित संविधानसभाबाट निर्मित नेपालको संविधान २०७२ विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन, राजनीतिक सङ्घर्ष तथा नेपाली जनताको लामो त्याग र बलिदानको साझा उपलब्धि भएको बताइन् । यसको मूलभूत मूल्य, मान्यता र अन्तर्वस्तुलाई अक्षुण्ण राख्दै समयको आवश्यकता तथा कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संशोधन गर्नुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट