रुपन्देही / रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिका–५ बेनिनगरबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएको करिब २० लाख ५० हजार रुपैयाँ बराबरको आईफोन र मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवन कुमार मुराव रहेका छन्।
सुरक्षा निकायले उनले चलाउँदै आएको भारतीय नम्बर प्लेट युपी ५३ डीएक्स ८८३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन बरामद गरेको जनाएको छ।
बरामद मोबाइल फोनहरूको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ । साथै, करिब ८० हजार रुपैयाँ मूल्य बराबरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। यससँगै बरामद सामानको कुल मूल्य २० लाख ५० हजार रुपैयाँ पुगेको छ।
घटनामा संलग्न चालक, बरामद आईफोन तथा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस