२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

एआईको तीब्रतर विकाससँगै यस क्षेत्रमा ठूलो लगानी गर्दै दक्षिण कोरिया

सोमवार , आषाढ १५, २०८३

सियोल, एएफपी । कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका छन् ।

सियोलले सोमबार नयाँ सेमीकन्डक्टर कारखाना र एआई डाटा सेन्टरहरू समेटिने गरीे ठूलो लगानीको घोषणा गरेको छ र यसको नेतृत्व दक्षिण कोरियाली चिप उत्पादक कम्पनीहरूले गरेका छन् ।

व्यापक नाफा

एआई प्रणाली चलाउन मद्दत गर्ने उन्नत मेमोरी चिप उत्पादन गर्ने विश्व बजारमा अमेरिकी कम्पनी माइक्रोन र दक्षिण कोरियाका सामसुङ इलेक्ट्रोनिक्स तथा एसके हाइनिक्सगरी प्रमुख तीन कम्पनीको वर्चस्व छ ।

सरकार तथा प्रविधि कम्पनीहरूले एआई उपकरण प्रशिक्षण र सञ्चालनमा सयौँ अर्ब डलर खर्च गरिरहँदा यी कम्पनीहरूको नाफा र शेयर मूल्य अत्यधिक बढेको छ ।

“एआईले ठूलो माग मात्र होइन, अभाव पनि सिर्जना गरेको छ जसले मूल्य वृद्धि गराएको छ,” सेमीकन्डक्टर विशेषज्ञ जिम ह्यान्डीले एएफपीले प्राप्त ‘अब्जेक्टिभ एनलाइसिस’ मा एएफपीलाई बताए । 

मेमोरी र स्टोरेज चिपको बढ्दो मूल्य उपभोक्तासम्म पुगेको छ । एप्पलले म्याकबुक र आइप्याडको मूल्य यसै महिना बढाएको छ । यो विकासले ल्याएको आर्थिक वृद्धिले कामदारहरूको तलब मागलाई पनि बढावा दिएको छ । सामसुङले मे महिनामा ठूलो हडताल टार्न आफ्नो सबैभन्दा ठूलो ट्रेड युनियनसँग बोनस सम्झौता गरेको थियो ।

चिनियाँ प्रतिस्पर्धा 

दक्षिण कोरियाले यस वर्ष एआईमा खर्च तीन गुणा बढाउने प्रतिबद्धता जनाएको छ । यसले अमेरिका र चीनसँगै विश्वका शीर्ष एआई शक्तिमध्ये एक बन्न लक्ष्य राखेको छ ।

विशेष गरी चीनले आफ्नो प्रविधि उद्योग विकासमा दौडिरहेको बेला सियोलले यो विकासको अवधिलाई ‘एक पटकको अवसर’ को रूपमा हेरेको प्रविधि कम्पनी ‘ओमडिया’का प्रमुख विश्लेषक लियन ज्ये सुले बताए । 

“यो दक्षिण कोरियाका लागि आफ्नो रणनीतिक लाभ प्रयोग गरेर लगानी गर्न उपयुक्त समय हो किनकि एआईको प्रगति सुस्त हुनसक्छ र माग घट्न सक्छ,” उनले एएफपीसँगको कुराकानीमा भने । फाइनान्सियल टाइम्सले शनिबार समाचारमा लेखेको छ, “एप्पलले चिनियाँ उत्पादक ‘सीएक्सएमटी’बाट मेमोरी चिप किन्न खोजिरहेको छ र यो कम्पनी अभावबाट फाइदा लिने स्थितिमा छ । एएफपीले यस सम्बन्धमा एप्पल र सीएक्सएमटीसँग प्रतिक्रिया मागेको छ । चिनियाँ कम्पनीहरूलाई सस्तो श्रम र ठूलो घरेलु मागको फाइदा छ, तर उनीहरूको प्रविधि वृद्धिमा सीमा हुनसक्ने देखिन्छ,” सुले भने ।

मानिसहरू चिनियाँ ‘सिलिकन’मा अत्यधिक निर्भर हुन कम इच्छुक छन् र यसै कारण सामसुङजस्ता कोरियाली कम्पनीहरूले उत्पादनमा ‘दोब्बर’ जोड दिन चाहेका छन् ।

नवप्रवर्तन अनिवार्य

“स्थापित एसियाली चिप उत्पादकहरूले एआइको तीब्रतर विकासको फाइदा लिन सक्छन् किनकि उनीहरू अझै नवप्रवर्तनशील छन्,” ह्यान्डीले भने ।  “यसले उनीहरूलाई नाफा दिन्छ, उनीहरू र उस्तै स्तरको खर्च र अनुसन्धान लगानी गर्न नसक्ने ती साना कम्पनीहरूबीचको खाडललाई यसले बढाउँछ,” उनले अगाडि भने ।

“सोमबारको घोषणासँगै दक्षिण कोरियाली चिप उत्पादकहरूले आफूसँग भएको प्रशस्त नगदको उपयोग गरेर आफ्नो उत्पादन विविधीकरण गर्न चाहेका छन्,” सुले थपे । 

यसले उनीहरूलाई हालको आकर्षण क्षेत्र बनेको मेमोरी चिप निर्माणमा अत्यधिक निर्भर हुनबाट जोगाउँछ । अर्थशास्त्रीहरूले यसलाई ‘डच डिजिज’ भन्छन्, जसले एक वस्तुको अस्थायी मूल्य वृद्धिको नकारात्मक प्रभावलाई जनाउँछ ।

तीब्रतर आर्थिक वृद्धि कि अवनति

एआई क्षेत्रको चकित पार्ने विकास गतिले सामसुङको शेयर मूल्य गत वर्ष ४३० प्रतिशतभन्दा बढी बढेको छ भने एसके हाइनिक्सको ७७० प्रतिशत बढेको छ । यसले एआईको तीब्रतर विकास कति समय टिक्छ भन्ने चिन्ता बढाएको छ ।

सुजस्ता केही विश्लेषकहरू एआई उपकरणहरू व्यवसायिक सञ्चालनमा गहिरिएर एकीकरण हुँदै गएकाले माग बलियो रहनेमा आशावादी छन् ।

मेमोरी चिपका लागि ‘अन्तिम बजारमा प्रभाव नपरेसम्म मूल्य बढ्न रोकिने कुराको कम सम्भावना छ,” ह्यान्डीले भने । “यदि मूल्य अत्यधिक बढ्यो भने बजारले अर्को प्रविधितर्फ लाग्छ वा पूरै हराउँछ”, उनले भने, “तर हामी अझै त्यहाँ पुगेका छैनौँ ।” 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट