तेहरान/सिन्ह्वा । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी सरकारलाई भर्खरै हस्ताक्षर गरिएको इरान–हमेरिका शान्ति समझदारी ज्ञापनपत्र (एमओयू) सँग विरोधाभास पूर्ण अभिव्यक्ती दिनबाट टाढा रहन आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्स मार्फत टिप्पणी गर्दै एमओयूको प्रावधानको सम्बन्धमा अमेरिकी अधिकारीहरूले गरेको “विरोधाभासी“ बयानहरूको निन्दा गरेका छन् ।
उनले यस्ता टिप्पणीले इरानीहरूको “सञ्चित अविश्वास“ लाई कम गर्न मद्दत नगरी केवल विगतका प्रतिज्ञाहरूको उल्लङ्घनको सम्झना दिलाउने काम गर्ने चेतावनी दिएका छन् ।
बाघाईले अमेरिकी सरकारले इरानी राष्ट्रप्रतिको आचरणमा शङ्का गरेता पनि इरानले संयुक्त राज्य अमेरिकासँग अटल विश्वासमा कूटनीतिक प्रक्रियामा प्रवेश गरी एमओयूमा हस्ताक्षर गरेको विषयमा जोड दिएका छन् ।
विगत पाँच दशकका अनुभवहरू, र अघिल्लो १८ महिनाको घटनाक्रमलाई ध्यानमा राख्दै एउटा एमओयूमा हस्ताक्षर गरेर शत्रुता अन्त्य नहुने विषयमा इरानीहरू जनाकार रहेकोसमेत उनले बताएका छन् ।
इरान र संयुक्त राज्य अमेरिकाले लेबनानसहितका क्षेत्रमा युद्ध अन्त्य गर्ने उदेश्यका साथ एमओयूमा जुन १८ मा हस्ताक्षर गरेका थिए । इरानको आणविक कार्यक्रममा अन्तिम सम्झौता र देश विरुद्धको प्रतिबन्ध हटाउनका लागि एमओयू अन्तर्गत, दुई देशहरूले ६० दिन भित्र वार्ता गर्ने विषयमा सहमत भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस