काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार विधि र प्रक्रिया केही नभई परिणाम दिन्छु भनेर हिँडिरहेको बताएका छन् ।
उनले सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा बोल्दै यस्तो अभ्यास विगतमा पनि देखिएको र नेकपाको सरकार भन्दा अहिलेको सरकार फरक नदेखिएको बताए ।
उनले बालेन शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताए ।
उनले कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला सुकुमबासी बस्तीका घर भत्काइदिएको बताए ।
रास्वपाको एकल सरकार नागरिकको लाइफ भन्दा सामाजिक सञ्जालको लाइकमा लागेको बताए ।
प्रतिक्रिया दिनुहोस