२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

मुगुमा लेखापढी व्यवसायीका लागि ३ दिने पूर्वव्यावसायिक तालिम सम्पन्न

सोमवार , आषाढ २२, २०८३

मुगु । मुगु जिल्ला अदालतले गरेको लेखापढी ब्यबसायी को आबेदनमा उतिर्ण प्रशिक्षार्थीहरु लाइ मुगु जिल्ला अदालत बार एकाइ र लेखापढि संघ को आयोजनामा ३ दिने पूर्वव्यावसायिक तालिम सम्पन्न  भएको छ । 

नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० तथा लेखापढी व्यवसायी सम्बन्धी नियमावली, २०५१ बमोजिम मुगु जिल्ला अदालतले लेखापढी व्यवसायीको प्रमाणपत्रका लागि आवेदन माग गरेको थियो। आवेदन परेका उम्मेदवारमध्ये लिखित परीक्षा सञ्चालन गरिएको थियो ।

मुगु जिल्ला अदालतले गरेको लेखापढी ब्यबसायी को आबेदनमा उतिर्ण प्रशिक्षार्थीहरु लाइ मुगु जिल्ला अदालत बार एकाइ र लेखापढि संघ को आयोजनामा संचालन गरियको पूर्वव्यावसायिक तालिम सम्पन्न गरिए लगतै सिफारिस भयका प्रशिक्षार्थी लाइ प्रमाणपत्र दिएको थियो । 

तालिमको उद्देश्य लेखापढी व्यवसायलाई व्यवस्थित, जिम्मेवार र सेवामुखी बनाउँदै कानुनी कागजात तयार गर्ने कार्यमा दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ । तालिममा कानुनी प्रक्रिया, निवेदन तथा कागजात तयारी, सेवाग्राहीसँगको व्यावसायिक आचरण, नैतिकता सम्बन्धित कानुनी व्यवस्थाबारे प्रशिक्षण दिइएको र तालिम सम्पन्न गरेपछि उनीहरूलाई नियमावली अनुसार प्रमाणपत्र प्रदान गरिएको मुगु जिल्ला अदालतका निमित्त स्रेस्तेदार प्रेम राज खनियाले बताएका छन् । 

सहभागी प्रशिक्षार्थी सन्तोष मल्लका अनुसार आफूहरूको पेशागत दक्षता अभिवृद्धि गर्नु को साथै स्वरोजगार हुनेमा महत्त्वपूर्ण योगदान पुगेको बताएका छन् ।

प्रमाणपत्र वितरण कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश मिनबहादुर कुँवर, सहायक जिल्ला न्यायाधिवक्ता टिकाराम भण्डारी,अदालतका कर्मचारी तथा प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट