काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले राष्ट्रिय सहमतिबाट मात्रै संविधान संशोधनको प्रक्रिया बढाउनुपर्ने बताएकी छन् ।
उनले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएकी हुन् । उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको पनि प्रस्ट पारिन् ।
उनले सरकारले आलोकाँचो ढङ्गले संविधान संशोधनको विषय अगाडि सारेको टिप्पणी गरिन् । उनले संविधान कुनै सरकारको क्षणिक राजनीतिक सुविधा वा सत्ता सन्तुलन मिलाउने साधन नभएको बताउँदै संविधानको आधारभूत विषयलाई तलमाथि गर्न नपाईने बताइन् ।
उनले नयाँ सरकार बनेसँगै राजनीतिक संस्कार, संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिक स्वतन्त्रता खस्कँदो अवस्थामा रहेको बताइन् । देशभक्त राष्ट्रिय हितका सवालमा सरकार गम्भीर रूपमा चुकेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस