२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा जम्मा गर्‍यो एक अर्ब

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ । अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ।

गत असोज दोस्रो हप्ताको बाढीपहिरोले जनधनमा क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ।

विपद् जोखिम कोषमा व्यावसायिक तथा सामाजिक संघसस्था, विदेशमा रहेका नेपाली, बैंक तथा वित्तीय संस्थाले समेत रकम जम्मा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट