२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अबको प्रधानमन्त्री बालेन शाह नै हो, कुनै शंका छैन : राजु पाण्डे

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । काठमाडौं-३ बाट निर्वाचित सांसद् राजुनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रधानमन्त्री उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह (बालेन ) नै हुनेमा कुनै शंका नरहेको बताएका छन्।

मंगलबार पत्रकारहरूसँगको कुराकानीमा उनले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिरको कुरा नगर्न अनुरोध समेत गरेका छन् ।

केही दिन अघि डिपी अर्यालको अभिव्यक्तिलाई लिएर गरिएको प्रश्नमा पाण्डेले भने, ‘उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन ।’

सांसद पाण्डेले थपे, “हाम्रो पार्टीमा जे बोलिन्छ, त्यसै हुन्छ। कुनै पनि नेताले पार्टीको निर्णयको बाहिर दायाँबायाँ कुरा गर्ने छुट छैन। प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै हुन्। यसमा कन्फ्युजन हुनु हुँदैन।”

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट