२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

अमेरिका युरोप जस्ता विकसित देशमा निकासी हुने करेन्ट: गुणस्तरको कडा मापदण्ड पुरा गरेर मात्र पार गर्छ समुन्द्र

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । यशोदा फूड्सको उत्पादन अहिले विश्वका  २२ भन्दा बढी देशमा निर्यात  हुँदै आएको छ। ‘करेन्ट’ चाउचाउ  लगायत बिभिन्न खाद्य बस्तु उत्पादन गर्दै आएको यस उद्योगले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। २२ भन्दा बढी देशमा निर्यात हुँदै आएको करेन्ट चाउचाउ अहिले  ग्लोबल एरिनामा पनि लोकप्रिय बनिरहेको छ।

 ९ वर्षअघि स्थापना भएको यो उद्योगको उत्पादन नेपालभित्र मात्रै होइन विदेशमा पनि लोकप्रिय छ। त्यो पनि यस्तो देशमा जहाँ खाद्यवस्तु बिक्रीका लागि कडा प्रावधान लगाइएका छन्। करेन्ट चाउचाउ क्यानडा, सिंगापुर, अष्ट्रेलिया, इटाली, बेलायत, न्यूजिल्याण्ड, हङकङ, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, भुटान लगायतका देशमा निकासी भइरहेको छ।

यो मुलुकमा कुनै पनि खाद्यवस्तु निकासी हुनका लागि धेरै मापदण्ड पार हुनुपर्छ। गुणस्तरमा सानो त्रुटी भएमा पनि ठूलो जरिवानाको भागिदार हुनुपर्छ। अमेरिकादेखि यूरोपसम्म निकासी भइरहेको करेन्ट चाउचाउको उद्योग अत्याधुनिक भएकै कारण यो सम्भव भएको हो।

उद्योगले उत्पादन मात्रै गरेर धर पाउँदैन्। उसका हरेक उत्पादनको आफ्नो ल्याबमा परीक्षण गर्नैपर्छ। ती सबै उत्पादन ल्याबमा परीक्षण भएकै कारण अहिलेसम्म अमेरिकादेखि युरोपसम्म कुनै समस्या ब्योहोरेको छैन। जसका कारण विदेशमा मात्रै करेन्ट चाउचाउ वार्षिक दुई अर्बभन्दा बढीको निकासी हुँदै आएको छ। करेन्टले उच्च गुणस्तरकै कारण ९ वर्षकै अन्तरालमा नुडल्स क्षेत्रमा साम्राज्यनै खडा गर्न सफल भएको छ।

हट एण्ड स्पाइसीमा करेन्ट नम्बर वान ब्राण्ड हो। यो सेग्मेन्टमा करेन्ट मार्केट लिडर मात्रै होइन धेरै पछाडि मात्रै अरु ब्राण्ड छन्। हो, यही ब्राण्डका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट र लाली ब्राण्डका चाउचाउमा तोकेको भन्दा बढी एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु फेला परेको भन्यो। खाद्यले भनेको यो दाबी पत्याउन सकिने आधार संचालकले भेटेका छैनन्।

२२ देशमा निर्वाध रुपमा निकासी भएको चाउचाउ एकाएक गुणस्तरका विषयमा प्रश्न आउँदा उनीहरुको मन अमिलो भएको छ। तर, सरकारले भनेका आधारमा केही चाउचाउ फिर्ता ल्याएका छन्। गुणस्तरमा सम्झौता नहुँदा पनि नखाएको विष लागेको भन्दै थप सचेत हुन उनीहरु चाहिरहेका छन्। ‘हेर्नस् खाद्यान्न भनेको धेरैनै संवेदनशील वस्तु हो। त्यसमा पनि हाम्रो रगत पसीना लगाएर एउटा अवस्थामा पुर्‍याएको ब्राण्डमा समस्या आउन हामी कुनै हालतमा दिँदैनौ,’ उनीहरुले भने, ‘हाम्रा लागि यो नयाँ पाठ पनि हो। हामी अझै सचेत भएर उपभोक्तामाझ हाम्रा उत्पादन लैजान्छौं। प्रश्न आउँदा पनि हामी आतिएका छैनौं।’

विश्वबजारमा पुर्याउन गर्नुपर्छ कडा जाँच पास

नेपालमा उत्पादन भएको कुनै पनि खाद्य पदार्थ  बिश्व बजारमा पुर्याउन त्यति सहज छैन ।  जसका कारण धेरै नेपाली उत्पादनले चाहेर पनि बिश्व बजारको यात्रा तय गर्न सकेका छैनन्।   नेपालमा उत्पादन गरेर  बिश्व बजारमा  निर्यात गर्दा  'उत्पादन भयो र पठाइयो'  मात्र पर्याप्त हुँदैन। निर्यात हुने खाद्य वस्तुले सम्बन्धित आयातकर्ता देशले तोकेको खाद्य सुरक्षा, गुणस्तर, प्याकेजिङ र लेबलिङ सम्बन्धी सम्पूर्ण मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्छ। 

साथै आयात गर्ने देशका सम्बन्धित खाद्य नियामक निकायले पनि उक्त खाद्य पदार्थको गुणस्तर र सुरक्षासम्बन्धी कडा परीक्षण तथा निरीक्षण गर्छन्। यदि कुनै कुराको कमी भयो सो देशले आयातमा प्रतिबन्ध लगाउछ । बिकसित देशहरु खाद्य सुरक्षामा निकै ध्यान दिन्छन। कमसल  खाद्य बस्तु उत्पादन गर्न र बेच्न समेत  प्रतिबन्ध गरिएको हुन्छ।  ति सबै मापदण्ड पुरा गरेर  बिभिन्न नेपाली उत्पादन बिश्व बजारमा पुगेका हुन्।  

निर्यात प्रक्रियाको प्रारम्भिक चरणमा नेपालभित्र उत्पादन, सरसफाइ, खाद्य सुरक्षा, लेबलिङ तथा गुणस्तर सम्बन्धी परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग   मार्फत गरिन्छ। उद्योगले आवश्यक कागजात, परीक्षण र गुणस्तर प्रमाण पूरा गरेपछि मात्रै निर्यात प्रक्रिया अगाडि बढ्न सक्छ।

त्यसपछि खाद्य वस्तु सम्बन्धित देशमा पुगेपछि त्यहाँका सरकारी खाद्य नियामक निकाय, सीमा निरीक्षण निकाय वा मान्यता प्राप्त प्रयोगशालाले पुनः परीक्षण, कागजात प्रमाणीकरण तथा आवश्यक परे नमुना परीक्षण गर्छन्। 

अमेरिकामा प्रवेश गर्ने खाद्य पदार्थको निगरानी अमेरिकी खाद्य तथा औषधि प्रशासन ले गर्छ। क्यानडामा क्यानडेली खाद्य निरीक्षण निकाय, बेलायतमा खाद्य मापदण्ड निकाय, अष्ट्रेलिया र न्युजिल्यान्डमा अष्ट्रेलिया–न्युजिल्यान्ड खाद्य मापदण्ड निकाय, न्युजिल्यान्डमा प्राथमिक उद्योग मन्त्रालय, सिंगापुरमा सिंगापुर खाद्य निकाय, जापानमा स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय, दक्षिण कोरियामा खाद्य तथा औषधि सुरक्षा मन्त्रालय, कुवेतमा खाद्य तथा पोषण सार्वजनिक प्राधिकरण, हङकङमा खाद्य सुरक्षा केन्द्र तथा भुटानमा सम्बन्धित सरकारी खाद्य तथा आयात नियमन निकायमार्फत परीक्षण तथा निरीक्षण प्रक्रिया अघि बढाइन्छ।

yasoda-foods-brandambaster-mk-3-1536x1025-1.jpg

किसानसँग जोडीएको ब्राण्ड 

करेन्ट चाउचाउ हट एण्ड स्पाइसी उत्पादन हो।  करेन्टले आफ्नो प्रोडक्ट  हट एण्ड स्पाइसी बनाउन अकबरे खुर्सानी प्रयोग गर्छ।  करेन्ट चाउचाउले नेपाली किसानसँग प्रत्यक्ष जोडिने “एग्रिकल्चर–फर्म” मोडेल अपनाउँदै गाउँ–गाउँमा अकबरे खुर्सानी उत्पादनलाई प्रोत्साहन गर्दै आएको छ। यसले किसानलाई बीउ, प्राविधिक सहयोग र बजारको सुनिश्चितता दिएर उत्पादन गर्न लगाउने काम गर्छ।

यस पहलमार्फत स्थानीय रूपमा उत्पादन भएको अकबरे खुर्सानी करेन्ट चाउचाउजस्ता उत्पादनमा प्रयोग हुने भएकाले किसानलाई स्थायी आम्दानीको स्रोत पनि बनेको छ। यसले ग्रामीण अर्थतन्त्र मजबुत बनाउँदै स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर आफ्नो उत्पादन  बिश्व बजारमा पुर्याएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट