काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रमणको तेस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । भेटमा दुइ पक्षीय हितको विषयमा कुराकानी भएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालबाट रास्वपाका सभापति लामिछानेलाई भेटन पाउँदा खुसी लागेको बताएका छन् । मोदीले भनेका छन् - ‘साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु ।’
‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो र हामी हाम्रा दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं’ मोदीले भने ।

भारत भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले हिजो भारतीय जनता पार्टीका अध्यक्षसँग भेटघाट गरेको थिए । भारतीय जनता पार्टीका अध्यक्ष नविन नितिनले भाजपा मुख्यालयमा लामिछानेको भव्य स्वागत गरेका थिए ।
भारत भ्रमणका क्रममा मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री एस.जयशंकर र गृहमन्त्री अमित शाहासँग पनि भेटघाट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस