२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पर्यटन नेपालको मेरुदण्ड बन्न सक्छ, सरकारले बलियो नीति, सहज वातावरण र दीर्घकालीन योजना बनाउनुपर्छ : महाप्रबन्धक थापा

सोमवार , जेठ ११, २०८३

काठमाडौं । लेमन ट्री प्रिमियर, बूढानिलकण्ठका महाप्रबन्धक (जीएम) मनोज कुमार थापाले नेपालमा पर्यटन आकर्षण गर्न सरकारलाई बलियो नीति, सहज वातावरण, दीर्घकालीन योजना र पूर्वाधार निर्माणमा ध्यान दिन सुझाव दिएका छन् । 

सुनौलो नेपालसँगको कुराकानीमा उनले नेपाल प्राकृतिक सौन्दर्य, धार्मिक पर्यटन र आतिथ्यताका हिसाबले अत्यन्त सम्भावना बोकेको देश भए पनि नीति, पूर्वाधार र व्यवस्थापन कमजोर हुँदा अपेक्षित प्रगति हुन नसकेको बताएका हुन्।

नेपालमा करिब ६ वर्ष काम गरेको अनुभव पनि उनले सुनाए ।

नेपालमा पर्यटन, पूर्वाधार, लगानी, कर प्रणाली र निजी क्षेत्रको भूमिकाबारे बहुराष्ट्रिय कम्पनीमासमेत लामो समय काम गरेका एक होटल तथा पर्यटन क्षेत्रका अनुभवी व्यवसायी थापाले नेपालले विश्व बजारमा आफ्नो पर्यटन क्षेत्रलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सके कम्तीमा १ करोडदेखि १ करोड ५० लाखसम्म पर्यटक भित्र्याउन सक्ने क्षमता राख्ने बताए। 

leman tree manoj kumar thapa.jpeg

उनले विशेष गरी भारतसँगको धार्मिक र सांस्कृतिक सम्बन्धलाई पर्यटन प्रवर्द्धनको मुख्य आधार बनाउनुपर्ने बताए।

उनले पशुपतिनाथ मन्दिर, मनकामना मन्दिर, पोखरा, जनकपुर र अयोध्या राम मन्दिर बीच धार्मिक पर्यटन सर्किट विकास गर्न सके नेपालमा ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिने बताए।

उनले जनकपुरलाई अयोध्यासँग जोडेर “राम–जानकी धार्मिक सर्किट” बनाउने हो भने भारतबाट आउने पर्यटकको सानो प्रतिशत मात्र नेपाल आउँदा पनि पर्यटन क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना हुने उल्लेख गरे।

नेपालमा स्वागतभन्दा झन्झट बढी महसुस हुन्छ

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अत्यधिक जाँच, लामो लाइन र व्यवस्थापन कमजोरीले विदेशी पर्यटकलाई “वेलकम” भन्दा “हैरानी” महसुस हुने गरेको टिप्पणी गरे।

उनका अनुसार विमानस्थलमा जुत्ता खोल्ने, सामान पटक–पटक स्क्यान गर्ने, सीमित इमिग्रेसन काउन्टर राख्ने जस्ता प्रक्रियाले पर्यटकको पहिलो अनुभव नकारात्मक बनाइरहेको छ।

उनले भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उदाहरण दिँदै नेपालले पनि आधुनिक, सहज र छिटो सेवा प्रणाली अपनाउनुपर्ने बताए।

S6.jpg.jpeg

पूर्वाधार कमजोर हुँदा पर्यटन विस्तार रोकिएको छ 

उनले नेपालमा सडक र यातायात पूर्वाधार कमजोर हुँदा पर्यटन विस्तारमा बाधा पुगेको बताए।

भैरहवा–काठमाडौं सडक यात्रा अत्यन्त लामो र असहज हुने, सडकको अवस्था कमजोर रहने तथा पर्यटकले यात्रा गर्दा थकान र असुविधा भोग्नुपर्ने उनले बताए।

उनका अनुसार उत्तर प्रदेश, बिहार, गोरखपुर, लखनउजस्ता भारतीय शहर नेपालसँग नजिक भएकाले राम्रो सडक र हवाई कनेक्टिभिटी बनाउन सके ठूलो पर्यटन बजार नेपालले सहजै आकर्षित गर्न सक्छ।

उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित लाभ लिन नसकिएको बताए।

S2.jpg.jpeg

डेस्टिनेशन वेडिङमा नेपालमा ठूलो सम्भावना

उनले भारतमा “डेस्टिनेशन वेडिङ” को बजार तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै नेपालले त्यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने बताए।

उनका अनुसार भारतका धेरै सम्पन्न परिवारले थाइल्यान्ड, दुबई, माल्दिभ्स, भियतनामलगायत देशमा करोडौं रुपैयाँ खर्च गरेर विवाह कार्यक्रम आयोजना गर्ने गरेका छन्। नेपालले सहज नीति, राम्रो पूर्वाधार र पर्यटनमैत्री वातावरण बनाए ती कार्यक्रम नेपालतर्फ आकर्षित गर्न सकिने उनको भनाइ थियो।

उनले डेस्टिनेशन वेडिङले होटल मात्र नभई यातायात, कृषि, फूल व्यवसाय, सजावट, रोजगारी र स्थानीय अर्थतन्त्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने बताए।

leman tree manoj kumar thapa 1.jpeg

कर प्रणाली र नीतिमा सुधार आवश्यक

उनले नेपालमा होटल उद्योगमा लगाइने “लक्जरी ट्याक्स” लाई विभेदपूर्ण भएको टिप्पणी गरे।

महाप्रबन्धक थापाका अनुसार पाँचतारे होटलमाथि अतिरिक्त कर लगाउँदा अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल आउन हिच्किचाउने अवस्था बनेको छ। उनले होटल उद्योगमा समान कर प्रणाली लागू गर्न सुझाव दिए।

त्यस्तै, विदेशी लगानी (एफडीआई), कम्पनी दर्ता, अनुमति प्रक्रिया र कर प्रशासन अझै जटिल रहेको भन्दै “सिंगल विन्डो सिस्टम” प्रभावकारी बनाउनुपर्ने बताए।

उनले नेपालमा व्यवसाय गर्न आउने विदेशी कम्पनीलाई सहज वातावरण, स्पष्ट नियम र छिटो सेवा आवश्यक रहेको बताए।

5.jpg.jpeg

पर्यटन नेपालको मेरुदण्ड बन्न सक्छ

उनले पर्यटन नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनायुक्त क्षेत्र भएको बताए।

उनका अनुसार नेपालमा प्राकृतिक सौन्दर्य, हिमाल, धार्मिक स्थल, संस्कृति र मौसमको ठूलो आकर्षण भए पनि त्यसलाई विश्व बजारमा पर्याप्त रूपमा प्रस्तुत गर्न नसकिएको छ।

उनले नेपाल पर्यटन बोर्ड लाई अझ शक्तिशाली, व्यावसायिक र अन्तर्राष्ट्रिय रूपमा सक्रिय बनाउनुपर्ने सुझाव दिए।

उनको भनाइमा नेपालले “अविश्वसनीय भारत” जस्तै दीर्घकालीन अन्तर्राष्ट्रिय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक छ।

S3.jpg.jpeg

नीति स्थिर भए नेपालमा ठूलो लगानी आउँछ

महाप्रबन्धक थापाले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा हेर्नुपर्ने बताए।

सडक, विमानस्थल, होटल, पूर्वाधार र पर्यटन क्षेत्रमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल प्रभावकारी हुन सक्ने उल्लेख गर्दै उनले नीति स्थिर र लगानीमैत्री वातावरण बने नेपालमा अन्तर्राष्ट्रिय कम्पनी र ठूला लगानीकर्ता आकर्षित हुने बताए।

उनले सीजी ग्रुप, क्याम्पा कोला र रिलायन्स इन्डस्ट्रिज जस्ता उदाहरण दिँदै नेपालमा सम्भावना प्रशस्त भए पनि लगानी वातावरण अझ सुधार गर्नुपर्ने धारणा राखे।

उनले अन्त्यमा सरकार, निजी क्षेत्र र नीति निर्माण तहबीच समन्वय गरेर पर्यटन, कृषि, पूर्वाधार र उद्योगलाई सँगै अघि बढाउन सके नेपालले तीव्र आर्थिक प्रगति गर्न सक्ने विश्वास व्यक्त गरे।

S4.jpg.jpeg

पूरा भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट