धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कांग्रेसको सहभागिता थप विस्तार गर्दै मुख्यमन्त्री कमलबहादुर शाह ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनसँगै कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री सरकारमा समावेश भएका छन् ।
आइतबार कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले हाल मन्त्रीमा सामेल व्यक्तिहरूलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णय गरेको थियो।
undefined
सोमबार भएको पुनर्गठन अनुसार बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी छन् । नवनियुक्त मन्त्रीहरूलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ ले पद तथा गोपनीयताको शपथ गराएका हुन्। राज्यमन्त्रीद्वयलाई भने मुख्यमन्त्री शाहले शपथ ग्रहण गराएका थिए।
सरकार पुनर्गठनपछि कांग्रेसको प्रदेश सरकारमा उपस्थिती थप बलियो बनेको छ । नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबारदेखि नै आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस