२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

रास्वपा बागमती प्रदेशको नेतृत्व चयन आज : बिहान ११ बजेदेखि मतदान

शनिवार , जेठ ३०, २०८३

 काठमाडौ / प्रतिनिधि विवादका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको निर्वाचन आज हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि काठमाडौंको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने तयारी गरिएको छ ।

रास्वपा बागमती प्रदेश निर्वाचन समितिकी संयोजक सुमित्रा पाण्डेका अनुसार निर्वाचन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ । उनले मतदाता र उम्मेदवारहरूको अन्तिम टुंगो भने अझै लागिनसकेको जानकारी दिइन्।

‘हामी निर्वाचनको सम्पूर्ण तयारीमा जुटेका छौं, मतदाता र उम्मेदवारहरूको एकिन विवरण भने अझै तय भइसकेको छैन,’ पाण्डेले भनिन् ।

सभापतिका लागि पाँच जनाको  प्रतिष्पर्धा

बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । हेटौँडामा  पाँच जनाले उमेदवारी दर्ता गराएपनि अहिले ति उमेदवार कायम रहेको÷ नरहेको निर्वाचन कार्यालय प्रष्ट भने पारेको छैन । निर्वाचन समितिकी संयोजक पाण्डेले केहीले फिर्ता लिएका छन् कति बाँकी छन् अहिले नै सबै फाइनल भएको छैन ।

हेटौडामा नै दर्ता भएको कायम हुदा सभापति पाँच जना नै कायम हुनेछन् । सभापति पदका आकांक्षीहरूमा निवर्तमान प्रदेश सभापति तथा रसुवाबाट निर्वाचित सांसद अच्युतम लामिछाने, काभ्रे–२ बाट निर्वाचित सांसद बदन भण्डारी, धादिङका कृष्णमान शाक्य, रामेछापका हरिबहादुर खत्री र मकवानपुरका उत्सव अर्याल रहेका छन्।

उम्मेदवारमध्ये लामिछाने प्रदेश सभापतिको जिम्मेवारी सम्हालिसकेका नेता हुन् भने भण्डारी पार्टीको सार्वजनिक मामिला विभागका सचिवका रूपमा कार्यरत छन् । त्यसैगरी, अर्याल बागमती प्रदेश कमिटीका पूर्व प्रवक्ता हुन् भने शाक्य पार्टीको केन्द्रीय प्रशिक्षण विभागका सदस्य हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट