२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ, दाजुसहित धनुषाबाट नियन्त्रणमा

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । बीबीसीको प्रसिद्ध शो मास्टरसेफ द प्रोफेसनल्सका उपविजेता एवं चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धनुषाको जनकपुरस्थित रामानन्द चोकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गएराति साहका साथै उनका दाजु नाता पर्ने नारायण साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शकुन्तला अधिकारी (थापा) ले दिएको जाहेरीका आधारमा उनीहरूविरुद्ध ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति (वारेन्ट) जारी भएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा उनीहरूलाई समातेको हो ।

नेपाली परिकारलाई विश्वमाझ चिनाएर चर्चा कमाएका साह अचानक ठगी मुद्दामा तानिएपछि यस घटनालाई निकै चासोका साथ हेरिएको छ । पक्राउ परेका सेफ साह र उनका दाजु नारायण दुवै जनालाई थप कानुनी प्रक्रिया र अनुसन्धानका लागि आज काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठगी गरिएको रकम र घटनाको विस्तृत विवरण भने अहिले सार्वजनिक गरिसकेको छैन । उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने उपत्यका अपराध अनुसन्धान कार्यालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट