२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

इप्पानमा ठूलो फेरबदल : नयाँ नेतृत्वसँगै सबै पदमा चुनावको बाटो खुला

शनिवार , जेठ ३०, २०८३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेतृत्व चयनसँगै आफ्नो संगठनात्मक संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ । संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै विधान संशोधन गरेर आगामी दिनमा सबै पदमा निर्वाचनमार्फत प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनबाट २७ सदस्यीय कार्यसमितिमध्ये कोषाध्यक्ष पदबाहेक अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। नयाँ अध्यक्ष डाँगीसँगै वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन् ।

संशोधित विधानअनुसार उपाध्यक्षको संख्या पाँचबाट बढाएर सात पु¥याइएको छ । सोही व्यवस्थाअनुसार बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई पनि उपाध्यक्षमा समेटिएको छ। महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्वाचित भएका छन्। सचिवको संख्या पनि पाँचबाट सात पु¥याइएकाले कृष्ण घिमिरे र दीपक पौडेल थपिएका छन्।

कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् भने सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने रहेका छन्।
इप्पानले विधान संशोधनमार्फत संस्थालाई थप समावेशी र लोकतान्त्रिक बनाउने लक्ष्य लिएको जनाएको छ । अब अध्यक्षबाहेक सबै पदमा खुला प्रतिस्पर्धा गर्न सकिने व्यवस्था गरिएको छ भने अध्यक्ष पदका लागि भने कम्तीमा एक कार्यकाल कार्यसमितिमा बसेको अनुभव अनिवार्य गरिएको छ।

त्यसैगरी, स्थायी आमन्त्रित सदस्यको व्यवस्था गर्दै पाँच जनालाई मनोनयन गर्ने प्रावधान थपिएको छ ।  यसअनुसार इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई स्थायी आमन्त्रित सदस्यका रूपमा प्रस्ताव गरिएको छ । यद्यपि संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि मात्र यी व्यवस्थाहरू पूर्ण रूपमा लागू हुनेछन्।

इप्पान अध्यक्ष मोहन डाँगीले संस्थाभित्र व्यापक सहभागिता र सहमतिमा आधारित नेतृत्व विकास गर्न विधान संशोधन गरिएको बताए । संशोधित व्यवस्थाअनुसार इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बन्न चाहने व्यक्ति कुनै राजनीतिक दलमा आबद्ध हुन नहुने तथा विगतमा आबद्ध रहेको भए त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट