काठमाडौ / प्राय शनिबार मात्रै सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका प्रधानमन्त्री बालेन्द्र शाहाले आइतबार नै सामाजिक सञ्जालमा दुइ पोष्ट गरेका छन् । आइतबार पनि सार्वजनिक बिदा भएपछि प्रधानमन्त्री शाहाले साँझपख सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सुरुमा गृहमन्त्री सुधन गुरुङ र भौतिक पुर्वाधार मन्त्री सुनिल लम्सालसँगै आफ्नो तस्विर राखेर ‘ देश बनाउने टोली ’ भनेर पोष्ट गरेपछि चर्चा सुरु भएको थियो ।
आइतबार साँझ शाहले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग खिचिएको तस्वीर सामाजिक सञ्जालमा साझा गर्दै ‘देश बनाउने टोली’ भन्ने क्याप्सन लेखेका थिए । उक्त पोस्टपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको थियो ।केही प्रयोगकर्ताले क्याबिनेटका अन्य सदस्यलाई बेवास्ता गरिएको अथवा हेपिएको आशय व्यक्त गर्दै आलोचना गरेका थिए ।
यसै विषयमा प्रतिक्रिया जनाउँदै शाहले आफ्नो पोस्टलाई गम्भीर राजनीतिक सन्देशका रूपमा नभई सामान्य ठट्टाका रूपमा बुझ्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन। दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु । ’
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दुईवटा पोस्ट सार्वजनिक गरेका थिए। तीमध्ये ‘देश बनाउने टोली’ लेखिएको तस्वीरले विशेष चर्चा पाएको थियो।
प्रतिक्रिया दिनुहोस