काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेपछि पार्टीले आगामी रणनीति तय गर्न सचिवालय बैठक बोलाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली को भक्तपुरस्थित गुण्डु निवासमा जारी बैठकमा पौडेलको पक्राउबारे छलफल मुख्य एजेण्डाका रूपमा रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्य ले जानकारी दिए।
यसअघि मंगलबार दिउँसो एमाले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा बसेको थियो। उक्त बैठकमा अध्यक्ष ओली स्वयं सहभागी भएका थिए। बैठकमा बोल्दै ओलीले पौडेलको पक्राउलाई गैरकानुनी भएको दाबी गर्दै यसबारे पार्टीले आवश्यक राजनीतिक तथा कानुनी कदम चाल्ने संकेत गरेका थिए।
पौडेल पक्राउ प्रकरणपछि एमालेले यसलाई गम्भीर रूपमा लिँदै पार्टीको आधिकारिक धारणा र आगामी रणनीति तय गर्न नेतृत्व तहमा छलफल का सुरुवात गरेको छ ।
प्रतिक्रिया दिनुहोस