२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

होल्डिङ सेन्टर खाली गर्न प्रशासनको निर्देशनपछि सुकुम्बासी चिन्तित : पाँचबुँदे मागसहित स्थायी व्यवस्थापनको माग

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं / जिल्ला प्रशासन कार्यालयले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासी परिवारलाई पाँच दिनभित्र स्थान खाली गर्न सूचना जारी गरेपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका परिवारहरू थप अन्योलमा परेका छन्, थापाथली लगायत विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीहरूले स्थायी बसोबासको व्यवस्था नगरी आफूहरूलाई पुनः विस्थापित गर्न खोजिएको भन्दै सरकारसमक्ष पाँचबुँदे माग अघि सारेका छन्।

सुकुम्बासीहरूको भनाइमा, सरकारकै पहलमा उनीहरूलाई विभिन्न स्थानबाट हटाएर होल्डिङ सेन्टरमा राखिएको भए पनि अहिले वैकल्पिक व्यवस्था नदिई सेन्टर खाली गर्न निर्देशन दिइनु अन्यायपूर्ण भएको सुकुम्बासीहरुको भनाई छ । उनीहरूले दीर्घकालीन समाधान नभएसम्म आफूहरूको बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग गरेका छन्।

उनीहरूले भूमि समस्या समाधान आयोग/ समिति गठन भइसकेको अवस्थामा स्थानीय तहमार्फत उठिबास गराइएका परिवारहरूको तत्काल लगत संकलन, प्रमाणीकरण र पहिचान गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी, जबरजस्ती हटाइएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने उनीहरूको जोड छ।

सुकुम्बासीहरूले स्थायी व्यवस्थापन नहुँदासम्म होल्डिङ सेन्टरमा पर्याप्त सेवा–सुविधा उपलब्ध गराउन वा सुरक्षित वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, सरकारी नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई केन्द्रमा राखेर उपयुक्त र न्यायोचित स्थायी व्यवस्थापन गर्नुपर्ने माग पनि अघि सारेका छन्।

उनीहरूले स्थायी विकल्पबिना होल्डिङ सेन्टर वा हालको बसोबास क्षेत्रबाट हटाउन खोजिए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्केर बस्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

थापाथली लगायतका क्षेत्रमा नदी किनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई सरकारले विभिन्न चरणमा हटाएर होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। अहिले प्रशासनको नयाँ सूचनापछि उनीहरू कता जाने भनेर चिन्तीत भएका छन् ।

सुकुम्बासीहरूले आफूहरूको माग सम्बोधन नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बताएका छन् 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट